डँढेल्लो

लक्ष्मण चौलागाईं विद्रोही

लेलीन, स्टालीन खोज्दैछन् श्रमजिवी र मजदुर बर्ग;

माओ र चे लाई खोज्दैछन गरिब ती जनता…….

साँस्कृतिक क्रान्ती कहाँ तुहियो ?

सहिदका आत्माहरुले सोधिर

अनुत्तरित प्रश्नहरु

खोज्दैछ्न जनता कार्ल मार्क्सलाई

तर छैनन् यहाँ यी महान् नेताहरु

ती त जन्मन्छन् ,

जब बस्तीतिर बम बर्सन्छन्

गरिबका पराले झुपडीलाई

जब सेनाले आगो लगाउँछ

तब घेर्छन नयाँ भैरवनाथ गणहरुले

अनि मारिदिन्छन माथीको आदेशमा

राम, कृष्ण, श्याम, आइते र नरबहादुरहरुलाई !

अनि आउछन्,

सहिद घोषणा गर्दै कफन बाँधेका मान्छे अन्तिम

सलामी टक्र्याउन र दाहसंस्कार गर्न

ओढाइन्छ रातो हसियाहथौडाको लाल झण्डा अनि

खस्छन अन्तिम विदाईका दुखका आँसु अनि

विछोडका पाइला

जब जब पाइला अघि बढ्छन

जन्मन थाल्छन् बदलाभावमा नया

राम, कृष्ण, श्याम, आइते र नरबहादुर हजारौ अरु

तब लाग्न थाल्नेछ मालिकको सोफा मुनि आगो

सम्माननीयको मन्चको मुनि

गाडी मुनि उड्न थाल्नेछ पत्तिवल धुँवा

बाटोमा जताततै एम्बुसै एम्बुस

दमनले किचिदाका भविष्य

अन्तर्राष्ट्रिय सम्झौता गर्दै बर्तमानमा

आफ्नो शक्तिको दुरुपयोग गरिरहँदा

जतततै बाट उठेका देशभक्त जनताका एमसिसी

खारेज गरेका जन आवाजहरु

ती महान जनता भन्छ्न हामी सार्वभौम हौँ

राज्य भन्छ अमेरिकी अनुदान संशोधन

अनि जनताले खोज्दैछन् बेपत्ता छोराछोरीहरु

सहिद भनेका सन्तानहरु

अनि घाइते भएकाको क्षतिपूर्तिहरु

जुन दिन प्रारम्भ हुनेछ

लूटको स्वर्गमा डढेल्लो

अनि लूटै लूटको स्वर्गमा लाग्न थाल्छ आगो

त्यसपछि उज्याला हुनेछन् गरिबका झुपडी

सकिन्छन अस्थायी सुखका ब्रम्हलूटका महलहरु

र आउनेछन महान सहिदका विरताका नौला बिहानीहरु !!

You can share this post!

Previous article