पैसा

लक्ष्मण चौलागाईं विद्रोही

रगतको नाता भन्दैन यसले
भावनाको नाता गन्दैन यसले
वर्षौं सम्म मिलेर बसेका भाईभाई मात्रै जुधाउदैन यसले

संसार देखाइदिने पितृत्वमातृत्वको हत्या गर्दिन्छ यसले
यसैले यो पैसा समय सोच्दैन सोच्छ त केवल अन्त्य
मित्रताको अन्त्य ,भावनाको अन्त्य ,नातासम्बन्ध कै अन्त्य
यो धेरै पनि काम लाग्दैन अनि थोरै पनि प्रशस्त हुदैन
यसले मात्र एउटा उपमा जोडेको छ सम्पन्नताको
यसले गहिरो खाडल खन्दिएको छ हाम्रो समाजमा विपन्नताको
यसैले यो पैसाले विभेद ल्याइदिएको छ
मानवीय विवेक र धर्मको नास गराइदिएको छ
यो पैसा सारा इज्जतको मालिक भएको छ
यसैले कोहिलाई महलमा त कोहिलाई सडकमा पछार्दिएको छ
विवेक हुदैन पैसामा यसैले यसले

तपाईं र म बिच सम्बन्ध दुर बनाइदिएको छ
आफ्नै आफन्त आफन्त विच जानलाई

अन्जान र चिरपरिचितलाई अवोध बनाइदिएको छ
यो एउटा देखावटी प्रदर्शनको नाइके भएको छ
यसैले कोहिका चुल्हा बाल्दिएको छ त

कोहिका चुल्हा निभाइदिएको छ
कोहिलाई जीवन त कोहिलाई बरदान दिएको छ

आर्यघाटको चिता वरिपरि पनि यसका सम्बन्धले

डोरिएका अन्तिम दृष्य पनि देखाइदिन्छ
हिजो यो प्रसस्त हुदाको त्यो मुर्दा आज कंगाल बनेर

मृत्युको चितामा जल्न जांदा यो हुदाको साथ पृथक छ

यो जन्मेदेखी मृत्युसम्म पछिपछी लाग्छ
यो पैसा आफैंमा सामन्ती रंगले रंगिएर
सरकारी छाप र गभर्नरको हस्ताक्षरले

बजारमा धनी गरिबका

छुट्टाछुट्टै आइटम बेचबिखन गरिरहेको छ

धनीलाई सुकिलो र गरिबलाई मैलो पोतिदिने यो पैसा
स्थान पिच्छे कतै हतियार,कतै औषधि ,कतै सम्बन्धको कैँची त

कतै भिखारी र अमीरको परिचय बोकेर

सर्वेसर्वा भै एक छत्र राज्य चलाइरहेको छ

यो कतै युद्द हो भने कतै यो मिलन पनि हो
कतै यो विछोड हो भने कतै यो काल पनि हो
पैसा……….भन्न छोडौं पैसा !! I

You can share this post!