लायन्स क्लब अफ काठमाडौ आगमन र इशानेश्वर महिला उत्थान समाजको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ – लायन्स क्लब अफ काठमाडौ आमगन र इशानेश्वर महिला उत्थान समाजको संयुक्त आयोजनामा रेडक्रस सोसाइटीको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ को संक्रमण दर उच्च रहेका कारण ब्लड बैङ्गमा रगत अभाव भएको कारण ५४ युनिट रक्तदान गरिएको क्लबका जोन चेयर पर्सन रिता खनालले जानकारी गराए ।

इशानेश्वर महिला उत्थान समाजको विशेष सहयोग रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि डिस्टिकबाट एरिया लिडर बालकृष्ण बुर्लाकोटी र कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष अर्चना सिंह सिजापतिले गरेका थिए । क्लबको सहकोषाध्यक्ष दुर्गा कार्की र क्लबका जोन चेयर पर्सन रिता खनाल उक्त कार्यक्रमको आयोजक रहेको समेत जानकारी क्लबले गराएको छ ।

कार्यक्रमक तस्विरहरु –

You can share this post!