डा. केसीले जुम्लाबाट गरे १९ औँ अनसनको सुरुवात

लोकेश बटाला, सुर्खेत – डा. गोविन्द केसीले आफ्नो १९औँ अनशन जुम्लाबाट सुरु गरेका छन् । उनले जुम्लाको चन्दननाथ- ६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९औँ अनशन सुरु गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने उनको माग छ ।

यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् । पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौता अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको उनले बताए । 

You can share this post!