मैले चिनेका सच्चा समाजसेवी रिक्साचालक केदार प्रसाद तिमल्सिना

लक्ष्मण चौलागाईं विद्रोही

दुखी गरिबको सेवामा जुट्नुहुने हजुरलाई शब्दै छैन ,आभारी बाहेक ।दिनहिनका लागि अहोरात्र खट्ने सेलिब्रेटी रिक्साचालक श्री केदार प्रसाद तिमल्सिना आफैं मजदुर भएतापनी हालसम्म विद्युतीय ठग र दलाल गिरोहहरुको जस्तो तथाकथित प्रतिष्ठान र फाउन्डेसन खोल्नुभएको पनि छैन। अहिले साइवर सन्जालमा आफुलाई सामाजिक अभियन्ता र समाजसेवी भजाउदै जति कमाउन उद्यत छन् त्यती नै दशकौं देखि समाजसेवामा लाग्नुभएका रिक्साचालक सुरुका व्यक्तित्व हुनुहुन्छ जसलाई समाजसेवा पेशा हैन आफ्नो कर्म र अहोभाग्य सम्झनुहुन्छ र त उहाँ दुखी गरिबको घाउको जडिबुटी बनिरहनुभएको छ (उहाँको हातमा आएको सहयोग एक पैसा पनि हिनामिना हुँदैन ,इमानदार व्यक्तित्व !)


त्यही च्यात्तिएको टिसर्ट र छिन्न आंटेको चपलमा झन्डै साँढे ४ दशक गुजारिसकेका तिमल्सिना आफ्नो प्रचार त्यति रुचाउनुहुन्न तर पनि आफुले गरेका कामहरु मलाई शेयर गर्नुहुन्छ ,समाजसेवामा नै दुई दशक बिताइसक्नुभयो,सामाजिक सन्जालबाट अरु कथित अभियंताको जस्तो विद्युतीय अपराध गर्दै कसैको चरीत्रहत्या गर्न कहिले पनि लाग्नुभएन । यस्ता हृदयमा भगवानका बास भएका (रिक्साचालक) केदार प्रसाद तिमल्सिना मलाई चाहिँ नामै सुन्दर लाग्छ। उहाँ समाजसेवा गरेको मान्छे भए पनि सन्जालमा भुन्भुनाइरहेका डुप्ली समाजसेवीहरुको जस्तो आफुलाई प्रधानमन्त्री ,राष्ट्रपति ,राष्ट्रिय सभा सांसद र नेता भनेर निजि स्वार्थका कुर्सीभोगी प्रचारबाजि पनि त गरिरहनुभएको छैन। नमन प्रिय मन हृदयको गहिराई देखि हजुरलाई लाख लाख सलाम उहाँको नम्बर यदि हजुर साच्चिकै दुखीहरुको हातमा तपाईंको हृदयले अर्पण गरेको सहयोग जस्ताको तस्तै पुर्याउन चाहनुहुन्छ भने केदार सरको मोबाइल नम्बर ९८४५२५२११६ मा सम्पर्क गर्नुहोला। धन्यवाद साथै नमन केदार सर

You can share this post!