एसिड आक्रमणकारीलाई कारबाही गर्ने कानून बनाउँदै सरकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण लगायतका अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानूनको मस्यौदा बनाउन निर्देशन दिएका छन् ।

 प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाका अनुसार बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एसिड आक्रमणका पिडितहरूले माग गरेअनुरूप दोषीमाथि कारबाही गर्न १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न कानुनमन्त्रीसहित मातहतका निकायलाई निर्देशन दिएकाे जानकारी गराए ।

 मुलुकभर एसिड आक्रमणका घटनामा परेकामध्ये १२ जना पीडितहरू सहभागी आजको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गरेकाे संयोजक थापाले जानकारी दिए । 

You can share this post!