नेपालमा आज १,८१८ कोरोना संक्रमित निको भए, १,२४६ जना थपिए, मृतकको सङ्ख्या ३१७ पुग्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १,२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५०,४६५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १,८१८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ३५,७०० पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

You can share this post!