स्वास्थ्यकर्मी बोगटीको रहस्यमय घटना, अनुहारको जाईगोमेटिक बोनसँगै यस्तो भेटियो

कालिकोट।
जिल्लाको नरहरिनाथ गाउँपालिका अन्तर्गत वडा न‌ ४ रुप्साको अदेला निवासी जनयुद्धकाल देखिका स्वास्थ्यकर्मी रत्न ब बोगटी (क. रमणीय) मृत अवस्थामा फेला परेका छन् । जनयुद्ध ताका देखिका कुशल स्वास्थ्यकर्मीको भुमिका निर्वाह गरेका र विप्लव नेतृत्वकाे नेकपाका कालिकाेट जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका बोगटी २५ गते बुधबार मात्र मृत अवस्थामा फेला परेेेेका हुन् ।

उनले लामो समयदेखी गाउँपालिकाको वडा न‌ ६ माल्कोटमा आफ्नै निजी मेडिकल सञ्चालन गरि जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका थिए । बोगटी गत आईतबार २१ गते राति देखी हराएको सूचना पारिवारिक स्रोतले बताउदै आएकोमा स्थानीय बासी तथा आफन्तको खोजी कार्य पश्चात् वडा न‌ १ कोटबाडाको अधेरीखोलामा बुधबार मृत अवस्थामा उनकाे शव फेला परेको प्रहरीले जनाएको छ । साेे घटनाको बारेमा थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलतर्फ खटिरहेको ई.प्र.का. कुमालगाउँका ईन्चार्ज लोकराज योगीले जानकारी दिनुभएको छ।
घटनास्थलसम्म पुग्दा:
उक्त घटनास्थलसम्म पुग्दा ४० वर्षीय बोगटीको लगाउने कपडा, मोबाईल भेटिएको छ। भिरालो बाटो भन्दा करिब ५०० मिटर तल खसेको अनुमान गर्न सकिन्छ। खसेको ठाउँमा अनुहारको जाईगोमेटिक बोन र खुट्टाभन्दा माथी र घुडा भन्दा तलको बोन बाहेक शरिरको अन्य कुनै भाग भेटिएको छैन। अझै पनि उक्त बोनहरु मृतकको हो या होईन प्रमाणित गरिएको भने छैन। मृतक खसेको भनिएको ठाउँबाट ढुङ्गा माटो अन्य केही पनि खसेको भेटिएको छैन।

मोबाईल भने बाटो नजिकै भेटिएपनी लगाएको ज्याकेट भने रुखमा अड्किएको भेटिएको हो। आफन्तको न्यायिक अनुरोध अनुसार भेटिएको शरिरको अवशेष प्रहरिले अनुसन्धानात्मक रुपमा मुचुल्का उठाई आफन्तलाई बुझाएको छ भने घटनाको अनुसन्धान अघि बढ्ने पनि प्रहरिले जानकारी दिएको छ। घटनास्थलमा भेटिएको सामानको आधारमा अनुसन्धान गर्न सकिने र डि एन ए परिक्षण गरेर पनि अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रहरिले जनाएको छ।

source : kalikot khabar

You can share this post!