सकेको मद्दत गरिदिनुहोस् / मृत्युशैयामा छिन वर्षा

लक्ष्मण चौलागाईं विद्रोही

तपाईको सानो सहयोगले पिडितको उद्दार र राहत हुन्छ भने त्यो भन्दा ठूलो अर्को कुन धर्म होला र ? वर्षा गौतम मुसिकोट कि हुन् । उनको दुई सन्तान छन ।एक छोरा र एक छोरी।क्रमशः ७ वर्ष र १५ महिनाका । उनी गरिब परिवारकी नारी हुन् । उनको एउटा फोक्सो काम नगर्ने गरि बिगि्रएको डाक्टर बताउछन् ।१५ मैने नानीले त आमाको दूध सम्म खाएको छैन। उनिहरुको अवस्था विहान खाए बेलुका के खाउं भन्ने खालको भएकोले उपचारको निम्ति सहयोग संकलन गर्नुपर्ने भो भन्छिन कमला परियार प्रेेरणा। सन्तान जन्माउने क्रम देखि नै उनी ओछ्यान परिन् ।उपचार भनेको बेलामा गर्न नसकेको कारण उनी विभिन्न रोगले जीवन र मृत्युको दोसाँधमा रहेर चितवन स्थित आफ्नै डेरामा ऐया ऐयाको शैयामा रगतको अहालमा लडिरहेकी छिन् । अवोध बालबलिकाकि आमा बाँच्ने त ठेगान छैन नै तर पनि केही महिना भए तापनि बच्चाहरुले आमा भन्न पाउन् वर्षाका श्रीमान भन्छन् । दुखीगरिब र दिनहिनहरुको गणतन्त्रको व्यवस्था त भनियो तर गरिब तप्का औषधि उपचारको अभावमा कति मर्दा हुन् ?जहाँ हाम्रो राज्य यस्ता सबाल देखि बेखबर भएको नाटक मन्चन गर्दछ। नागरिकले नुन देखि चामल तेल र पेट्रोल सम्पूर्ण उपभोग्य वस्तुमा महंगो कर तिर्छन् र पनि नागरिकको स्वास्थ्योपचारका लागि चन्दा उठाउनुपर्छ भने यो निकम्मा राज्यलाई हामीले किन कर तिर्ने? भन्ने प्रश्नहरुको भारी वर्षा हुन्छ । हे दैव ! यस्ता दिनहिनहरुलाई दु:ख नदेउ न !! यदि तपाईं पीडितलाई प्रत्येक्ष कुरा गरेर सहयोग गर्नुहुन्छ भने चितवनमा हुनुहुन्छ उहाँ र उहाँको नम्बर प्लिज 9864263001मैले त्यो नम्बरमा कल गरें ,(उहाँ रोइरहनुभएको छ ,रगत बहिरहेको छ ।म कमजोर भैसकें) भन्दै भक्कानिनु भएको छ। अक्सिजनको भरमा कोठामै रहेको बताउनुभएको छ। हे नेतागिरी गर्नेहरु हो तिमिहरुको सत्ता र सरकार छ हाम्रो त यो मुलुकमा न राज्य छ न सरकार केही पनि छैन। बरु तिमिहरुले तिम्रा कथित नेताहरूलाई भनेर यी बहिनिलाई हस्पिटलाइज्ड गराइदेउ सत्कर्म ठहरिनेछ। मेरो त यो संसदीय राजतन्त्रका वाहकहरुसंग कुनै पनि सम्पर्क छैन। बरु तपाईहरु उनिहरुको झोला र झण्डा बोकेर हिड्नेहरुले त भन्न सक्नुहुन्छ होला नि ?यदि सक्नुहुन्छ भने मानवीय सेवा गर्नुहोस भन्न चाहें। यी सवाल झुटो लाग्छ भने कल गरेर हेर्नुहोस। तपाईहरु आफुलाई नेता भन्न लाज मान्नुहोस ,प्रतिक्रान्तिका नाइकेका पाल्तु भएर कति दिन जनताका घाउमा नुन्चुक छर्दै नेतागिरी गर्नुहुन्छ सरकारी ढुकुटीका हामपंथहरु हो ! यहि हो साँच्चो अर्थमा गणतन्त्र ?? यो नम्बरमा कल गरि सकेको मद्दत गरिदिनुहोस भन्दै सबै सहयोगी मनहरुमा हार्दिक हार्दिक अनुरोध गर्दछु।

You can share this post!