बालुवाटारमा ओली-दाहाल छलफल

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शुक्रबार डाकिएको स्थायी कमिटीको बैठकको सहमतिको प्रस्ताव तयार गर्नका लागि छलफलमा जुटेका हुन्। करिब डेढ घण्टादेखि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल जारी रहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए। समयसामयिक विषयमा छलफल केन्द्रीत रहेको उनले जनाए। शुक्रबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिइएको थियो। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा महासचिव विष्णु पौडलको नेतृत्वमा कार्यदल गठन भएको थियो। कार्यदलले भदौ ५ गते प्रतिवेदन पेश गरिसकेको छ। शुक्रबारको प्रतिवेदनमाथिको छलफलमा वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएको थिए। सबै विषयवस्तुलाई समेटेर सहमतिको प्रस्ताव ल्याउन ओली दाहाल जुटेका छन्। कोरोनाको महामारीको बीचमा शुक्रबार बोलाइएको स्थायी कमिटी बैठक एकैदिनमा सक्ने तयारी भइरहेको छ। अध्यक्षद्वयको प्रस्तावलाई पारित गरेर बैठक सक्ने तयारी छ। यसअघि असार १० गतेबाट सुरु भएको बैठक विवादको कारणले साउन १३ गतेबाट बस्न सकेको छैन।
source : thahakhabar.com

You can share this post!