काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,०८१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४९ हजार २१९ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३१२ पुगेको छ । पछिल्लो २४ घन्टामा ९१८ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना निको हुनेको सङ्ख्या भने ३३ हजार ८८२ पुगेको छ