प्रजातान्त्रीक बिचार समाज सुदुरपश्चिमका ९ जिल्लाको सयूक्त बैठक सम्पन्न

अछाम । बिपी कोईरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा प्रजातान्त्रीक बिचार समाज सुदुरपश्चिम प्रदेशका जिल्लाहरुको सयूक्त बैठक सम्पन्न भएको छ ।

९ वटै जिल्लाका जिल्ला अध्यक्ष लगायतका पदाधिकारीको सहभागितामा भर्चुअल रपमा बैठक सम्पन्न भएको अछामका अध्यक्ष शंकर बहादुर रावलले बताए ।

प्रदेश स्तरिय समिती निर्माण, सदस्यता बिस्तार लगायतका निर्णय गर्न बैठकको आयोजना गरिएको प्रदेश संयोजक डाक्टर लक्ष्मीराज पण्डितले बताए ।

बैठकमा बिपी जयन्तीको बारेमा तथा प्रजातन्त्रको बिषयमा समाजले गर्न सक्ने कामका बारेमा समेत छलफल गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा समिती गठन पश्चात पहिलो पटक भएको जुम बैठकमा जिल्लाको अवस्था तथा परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।

प्रदेश संयोजक डाक्टर पण्डितको अध्यक्षतामा भएको बैठकको सहजिकरण प्राध्यापक डाक्टर अक्कल देब मिश्रले गरेका थिए ।

source : sudooraaja.com

You can share this post!