सुशान्तसिंह केसमा बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

काठमाडौँ — बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई २ दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डिया र इन्डिया टुडेले जनाएका छन् । एनसीबीले अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमाथि ड्रग्सको सम्बन्ध रहेको भन्दै मुद्दा दर्ता गरेको छ ।

गत शुक्रबार एनसीबीले रियाकी भाई सोविकलाई समातेको थियो । उनले एनसीबीको अघि आफूले ड्रग्स खरिद गर्दै आएको पनि स्विकारेको समाचारहरुमा बताइएको छ । रियाकै कारण आफूले सैमुएल मिरान्डालाई ड्रग्स मगाउने गरेको कुरा पनि स्विकारेको बलिउड हंगामाले उल्लेख गरेको छ । सोविकसँगै सैमुएललाई पनि प्रहरीले प्रकाउ गरेको छ । उनीहरुविरुद्ध मुद्दा पनि दर्ता भइसकेको छ । एनसीबीले सुशान्तको मृत्युमा ड्रग्सको सम्बन्ध रहेको भन्दै सुशान्तकी प्रेमिका रियाविरुद्ध मुद्दा दर्ता गरेको बताइएको छ ।

You can share this post!