चीनसँग विश्वको सबैभन्दा ठूलो जलसेना छः अमेरिका

एजेन्सी – अमेरिकाले चीनसँगै विश्वको सबैभन्दा ठूलो जलसेना रहेको बताएको छ । अमेरिकी एक रिपोर्टले हाल चीनले पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, इन्डोनेशिया र म्यानमारलगायत दर्जनौं देशहरूमा आफ्नो सैनिक अड्डाहरू निर्माण गर्न कोशिस गरिरहेको जनाएको छ ।

चीनसँग अब विश्वको सबैभन्दा ठूलो जलसेना रहेको र चीन आक्रामक भई नयाँ सैन्य अड्डाहरूको खोजी गर्दैछ ताकि आफ्नो रणनीतिक स्थिति र पुग्न अझ मजबुत हुन सक्ने अमेरिकाको ठहर छ ।

उक्त प्रतिवेदनका अनुसार चीन ईन्डो–प्रशान्त क्षेत्रमा यी नयाँ आधारहरू विकास गर्न चाहन्छ । साथै, चीनले आगामी दशकमा आणविक हतियारहरूको संख्या पनि दोब्बर हुने बताए छ ।

पेन्टागनले चीनको सैनिक विस्तारको आँकलन गरेको यो रिपोर्ट मंगलबार अमेरिकी संसदमा पेश गरिएको थियो ।

You can share this post!