लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन ।वीरगञ्जबाट ट्रकमा आएकाहरु भक्तपुरबाट पक्राउ परेका हुन् । ना ३ ख ९८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका विष्णु प्रधान, डम्बर बहादुर प्रधान र शंकर खड्का रहेकाे प्रहरीले जानकारी दिएकाे छ । उनिहरूकाे साथबाट प्रहरीले डाईजापाम २९५० एम्पुल, नाईट्रोभेट – ३००० एम्पुल Promathazine २९५० एम्पुल, Buprenorphine १५०० एम्पुल, Noophin १४०० एम्पुल बरामद गरिएकाे छ ।

You can share this post!