१२ बर्षीय बालक भालुको आक्रमण बाट गम्भीर घाईते

अछाम – अछाम जिल्लामा भालुको आक्रमणबाट एक बालक गम्भीर घाईते भएका छन मंगलसेन नगरपालिका वडा नम्वर १ का १२ बर्षका छत्र थापा भालुको आक्रमणमा परी गम्भीर घाइते भएका हुन्।

आफ्नै वडाको ढुंगानी गाउँ माथी बाख्रा चराउन गएको बेला दिउसो १२ बजे भालुले आक्रमण गरी घाई’ते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेश दत्त अवस्थी जानकारी दिए । भालुले आक्रमणबाट गम्भीर रहेका उनकोे जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

You can share this post!