१२ हजार ९ सय थान लागूऔषध बरामद दुईजना पक्राउ

काठमाडौँ । भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागूऔषध बरामद गरेको छ । महानगरीय अपराध महाशाखाले सो लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान रहेका छन् । डम्बर र विष्णुले ना ३ ख ९८९ नम्बरको ट्रकमा ल्याएको ९ हजार ३ सय थान डाईजेपाम इन्जेक्सन र ३६ सय थान नाइट्रोजेपाम प्रहरीले बरामद गरेको हो ।

ट्रकभित्र झोला लुकाएर ल्याएको अवस्थामा सो लागूऔषध बरामद गरिएको एसएसपी थापाले बताए । लागू औषध प्रयोगकर्ताले डाईजेपाम र नाइट्रोजेपामलाई मिलाएर सिरिन्जमार्फत प्रयोग गर्छन् ।

You can share this post!