नक्कली प्रेस कार्ड बनाउने पक्राउ

२३ भदौ, काठमाडौं ।  नक्कली प्रेस कार्ड बनाएर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प्रतिगोटा ५ सयको दरले बेच्दै गरेको अवस्थामा तीन जनालाई सोमबार पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा बागबजारमा रहेको कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीन जना रहेको महाशाखाले जनाएको छ।

नक्कली कार्ड बनाएर राखिएका नक्कली प्रेस कार्ड र प्रेस कार्ड बनाउन प्रयोग गरिने सामनसमेत प्रहरीले बरामद गरेको छ। उनीहरुले विभिन्न अनलाइन मिडियाका नाममा नक्कली प्रेस कार्ड र ज्याकेट बनाएर बेच्ने गरेको प्रहरीले जनाएको छ।

source : radiokathmandupati

You can share this post!