एम्बाप्पेलाई कोरोना पुष्टि

भदौ २३, २०७७ काठमाडौं : फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ।  सोमबार गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने छैन्।  उनमा संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ।  एमबाप्पेमा संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा आएको छ। २१ वर्षका एमबाप्पेले नेसन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा एक गोल गरेका थिए।

source : thahakhabar.com

You can share this post!