रोनाल्डोले बनाए अर्को रेकर्ड स्वीडेनमाथि पोर्चुगलको जित

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत गत राति भएको खेलमा स्वीडेनमाथि पोर्चुगलले २ – ० को जित निकालेको छ ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले निर्णायक साबित भए । रोनाल्डो सहित मैदानमा उत्रिएको पोर्चुगल खेलमा निकै हाबी देखिन्थ्यो ।

खेलमा रोनाल्डोले ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता मात्र दिलाएनन् आफ्नो अन्र्तराष्ट्रिय गोल १ सय पनि बनाए ।

त्यस्तै दोस्रो हाफको ७२ औं मिनेटमा रोनाल्डोले आफ्नो र पोर्चुगलको अग्रता दोब्बर बनाए ।

यो गोलसँगै रोनाल्डोले नयाँ अन्र्तराष्ट्रिय किर्तीमान बनाएका छन् ।

उनी इरानका अली देईपछि अन्र्तराष्ट्रिय खेलमा १ सय गोल पुरा गर्ने दोस्रो फुटबलर बनेका छन् ।

पोर्चुगलको जितमा २ गोल गरेको रोनाल्डोको अन्र्तराष्ट्रिय खेलमा १०१ गोल पुगेको छ ।

लगाएर एकपछि अर्को जित निकालेको पोर्चुगल समुहमा अग्रस्थानमा रहेको छ । 

You can share this post!