कञ्चनपुरका सिडिओ गृहमन्त्रालय तानिए, रामकुमार महतोलाई पठाइयो

काठमाण्डु – कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा गृह मन्त्रालय तानिएका छन् । आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्न थालेपछि गृहले मन्त्रालय तानेको हो ।

प्रजिअ खतिवडाले गृहको आदेश विपरित भन्सारमा सशस्त्र प्रहरीको अस्थायी बीओपी स्थापना गरेका थिए । गौरीफन्टामा कैलालीको मातहतमा सशस्त्रको बीओपी पहिले नै थियो ।

त्यस्तै उनले गौरीफन्टा नाकामासमेत कैलालीका प्रजिअसँग समन्वय नगरी आफूखुसी सुरक्षाकर्मी परिचालन गरेका थिए ।

प्रजिअ खतिवडाले सीमाको उचित व्यवस्थापन गर्न नसकेको, भन्सार स्थापना गर्ने, सेनालाई भन्सारमा परिचालन गर्ने अभिव्यक्ति दिए र आफ्नो क्षेत्राधिकार नाघेपछि गृहले उनको सरुवा गरेको हो ।

गृहले खतिवडाको ठाउँमा रामकुमार महतोलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

source : kathmandupati.com

You can share this post!