राप्ती नदीमा फेला परेको बेबारिसे शबको पहिचान खुल्यो

भालुवाङ,  दाङ देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । थाहा अनलाइन, कुशे न्युज डटकम लगायतका सञ्चार माध्यमबाट न्युज प्रकाशन तथा प्रसारण भएपछि शवको पहिचान खुलेको हो ।

मृतक महिला प्युठान जिल्ला ऐरावती गाउँपालिका वडा नम्बर ६ सानीठाम निवासी ५४ वर्षकी सुमित्रादेवी खत्री रहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिएका छन् । प्रया रक्सी सेवन गर्ने गरेको र नियमित प्रेसरको अाैषधी समेत खाने गरेको अनुसन्धानबाट खुल्न अाएको प्रहरी प्रमुख सारूले बताएका छन् ।

घटना भएको दिन ति महिला कपडा सिलाउन जान्छु भनि निस्केको तर मंगलबार देखि नै वेपत्ता भएकी थिइन् । मृतक महिलाको शव बुधबार राप्ती गाउँपालिका वडा नम्बर २ काे राप्ती नदी कटाहाघाटको नदी किनारमा तैरिरहेकाे अवस्थामा फेला परेको थियोे । बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदी किनारमा दाउरा बटुल्न गएका बेला मृतकको शबलाई नदीमा तैरिरहेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । उक्त शवको लमही अस्पतालमा पोष्टमार्टम गरि मृतक खत्रीका छोरा पदमबहादुर खत्रीले बुझिसकेको प्रहरीले बताएको छ ।

source: kusenews.com

You can share this post!