रामारोशनका विरन्द्र राेकाया द्दारा २ महिनाकाे तलब बाढी, पहिरो पिडितलाई सहयोग

अछाम रामारोशन ५ मा भाद्र २ गते आएको बाढी,पहिरोका कारणा पिडित हरुको सहयोग स्वरुप अछाम रामारोशन ५ पातल घर भै हाल रोजगारिको सिलसिलामा मलेसियामा रहेका विरेन्द्र रोकायाले व्यक्तिगत रुपमा रु.५५००० सहयोग गरेका छन् । राेकायाले रामाराेशनका बाढीपहिराे पिडीतकाे लागि अाफ्नाे २ महिनाकाे तलब सहयाेग गरेका छन् ।

पैसा धेरै भएर होइन यस्तो बेला आफ्नो गाउँ ठाउ र सिंगो बस्ती रोएको बेला दैनिक आवस्यकता लाई छोडेर आफुले सक्ने सहयोग गरेको उनले बताएका छन् । साथै अर्को हप्ता पुन: आफ्नो साथिहरुबाट संकलित रकम पनि पठाउने गरि तयारी गरिरहेको समेत उनले जानकारी दिए । पैसा भन्दा आफ्नो देश र जन्मभुमि प्यारो हुने रहेछ यो संकटको बेला अझ बढी महत्त्व हुने रहेछ त्यै भएर सबै साथिहरुलाई यस दु:खद घडिमा सहयोगको लागि अपिल समेत गरेकाे सहयाेगी विरेन्द्र राेकायाले जानकारी दिएका छन् । हाल रामारोशन घर भइ हाल परिस्थिति र बाध्यताले रामारोशन बाहिर रहनु भएका तथा रामारोशनलाई माया गर्ने व्यक्ति र संस्था हरुबाट सहयोग रकम संकलनका लागि ” रामारोशन बाढी,पहिरो पिडित राहत संकलन युवा समुह” ले समन्वय गरिरहेको छ ।

You can share this post!