के बुवा खिलकराज पौडेल र आमा दुर्गादेवी पौडेलको कोखले न्याय पाउने अधिकार छैन?

लक्ष्मण चौलागाईं विद्रोही/रविन्द्रबहादुर सिंह

२०७६ साल असार ५ गते सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १स्थित हिरापुर जंगलमा बर्बरता पूर्ण तवरले दमन गरि टाउको ताकेर गोली हानी निर्घात र नृशंसपूर्ण तवरले हत्या गरि मारिएका जारी दस वर्षे जनयुद्धका रक्तीम योद्दा (जसलाई दोहोरो भिडन्त भन्दै झुठा प्रचार गरि) दमनकारी सत्ताले तत्कालीन सर्लाही जिल्ला इन्चार्ज श्रध्येय क.कुमार पौडेलको हत्या गर्ने हत्यारा र जासुसीलाई हत्या गरिएको १५ महिना बितिसक्दा सम्म पनि प्रतिबन्धित नेकपाले न त कारबाही गर्यो न त कुमार पौडेलको कसैले नामै लियो ।

मर्ने मरिरहने अनि मार्नेले मारिरहने हो तिम्रो क्रान्ती ?कमरेड ! एकीकृत जनक्रान्तिका बाहकहरुले थुनिएकाहरुको रिहाईको जोडतोडले आवाज उठाए,छुटेकाहरुलाई हार्दिक बधाई दिए,सामाजिक सन्जाल पोते,तर न्यायका लागि एकीकृत जनक्रान्तिका बाहकहरुले किन सशक्त तवरले आवाज उठाउन सकेनन् कुमार पौडेलका हत्यारालाई कारबाही गर्न? आदरणीय क.कुमार पौडेलले के अपराध गरे? कुमारलाई न्याय खै ? कि लासको राजनीति यसैगरि जारी राख्ने हो कमरेड ? ७२ वर्षीय बुवा खिलकराज पौडेल र आमा दुर्गादेवीको कोखले न्याय पाउने अधिकार छैन र महासयहरु? जीवनको अन्तिम उत्तरार्ध गुजार्दै गर्नुभएका पुजनीय पिताजी र ममतामयी माताजीले फेरि कान्छो छोरा हरिकृष्ण पनि गुमाउन विवश त हुँदै हुनुहुन्न? सुन्दैछु,कमरेड कुमार पौडेलका भाई हरिकृष्णलाई पनि बैरिले निशाना बनाउदै छ भनेर।

कालो कानुनले उहाँहरुलाई त के न्याय दिएला र तर खुला आकाश मुनि निर्धक्क हिडेको जासुसलाई कडा कामकारबाहीमा गरिएन भने फेरि अर्को घटना नघट्ला भन्न सकिन्न। विडम्बना नै भनौं, दलालहरु ले षड्यन्त्रपुर्वक जनताका प्रिय कमरेड कुमार लगायत थुप्रै आदरणीय सहिद कमरेडहरुको हत्यादेखि लिएर पटकपटकको गिरफ्तारी सँगसँगै विभिन्न दुखकष्ट सहित यातनाको सामना गरिराख्नु भएको कुरा सबैमा जगजाहेर नै छ। यस्ता किसिमका अकल्पनीय जतिसुकै घटनाक्रमहरु घट्नु परिवर्तनको लागि अनिवार्य नियम नै हो। तर घटनाको प्रकृति हरेर उचित छानबिन गरि दोषीलाई कार्वाही गर्न नसक्नुमा प्रथमतः कानुनी राज्य नै षड्यन्त्रको प्रमुख कारक हो भने दोश्रो सवाल विद्रोही पार्टी आफैंमा कमजोर हुनु पनि हो।

किनकि सहिद घोषणाले मात्र सहिद सपनाहरू पूरा हुदैनन् र सहिदको सम्मान पनि त हुन सक्दैन । यस विषयमा पार्टी नेतृत्वको गम्भीरतापूर्वक ध्यानाकर्षण हुन जरुरी देखिन्छ।घटनाको सत्यतथ्य आन्तरिक रहस्य बाहिर ल्याई सोही अनुरुपको कडा भन्दा कडा कार्वाही दोषीउपर गर्न सकिदैन भने परिवर्तनका गफ गफैंमा मात्र सिमित रहनेछन् ।यो नै अहिलेको परिवर्तनकारी आम नागरिकहरुको अन्योलता र चिन्ताको विषय बनिरहेको छ।पार्टीलाई कमजोर बनाउँदै समाप्त पार्ने मनसाय लिएका गिरोहहरु पार्टीभित्र प्रवेश गरि, परिचालित भएका त छैनन् आशंका नगर्न पनि सकिन्न। यस्ता किसिमका क्रियाकलापहरु कुनै पनि व्यक्तिहरुबाट नहोस् भन्ने उदेश्यका लागि पार्टीभित्र वा बाहिर गम्भीर छलफल साथै शुद्धीकरण हुन अति आवश्यक ठान्दै सम्पूर्ण महान सहिदहरु प्रति भावपूर्ण श्रद्धासुमन!! पार्टीको उच्च तहको बेलैमा ध्यानाकर्षण हओस् ।

खबरदार ! हामीले थुप्रै थुप्रै कमरेड कुमारहरुलाई फेरि पनि गुमाउन विवश मर्माहत र दु:खद खबर सुन्न नपरोस् ! अन्त्यमा,महान सहिद क. कुमार पौडेलज्युका बृद्द बुवा आमा जसले आफ्नो छोराको शोक मात्रै बोक्नु परेन उहाहरुको कोख र काखले पनि न्याय पाएन। आँसु त जरुर लाग्छ ।निकम्मा दलाल,सुराकी र हत्याराहरुलाई।जसले बृद्द बुवा आमाको कोख गणतन्त्रमा खाली बनाइदियो। पार्टीभित्र दलालले खटाएका जासुसीको कारण त उहाहरुको बुढेसकालको सहारा निमोठिएनन ? हिसाब अन्ततः फत्ते गरेरै छोडिन्छ। पार्टी केन्द्रिय समितिको ध्यानाकर्षण हओस। हेक्का रहोस् : जब कुमार ढले तब माहिला लामा लगायत शिर्ष नेता र कार्यकर्ता पक्राउको क्रम तिब्र भयो त्यस्तै कार्यकर्ताहरु मारिने क्रम पनि तिब्र भयो (पार्टीमा जासुस पो पस्यो कि !!)…..

You can share this post!