आज देशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सचिवालयमा कार्यरत कर्मचारीमा संक्रमण

काठमाडाैं, १२ भदाै । आज देशभर ९२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० हजार २२९ जनाको पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

जसमा ३३४ महिला र ५९३ पुरुष रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ। एकैदिन काठमाडौंका ३५०  जना, भक्तपुरका ५४  जना र ललितपुरका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार मात्र ११ सय ११ जनामा कोरोना देखिएको थियो। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ५८  हजार ११० पुगेको छ। मन्त्रालयका अनुसार १६ हजार १९ जना सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ९ हजार ५७३ जना छन् भने आइसोलेसनमा बस्नेको संख्या होम ६ हजार ४४६  पुगेको छ। क्वारेन्टाइनमा ८ हजार ९३९ रहेका छन्।

मन्त्रालयका अनुसार २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार २४२ पुगेको छ।  अहिले क्वारेन्टाइनमा ८ हजार ९४९ जना रहेका छन्।

यसैबीच, छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

एक जना सैनिक कर्मचारीमा कोरोना संक्रमण भएको सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।   ती सैनिक कपाल काट्न जाँदा संक्रमण भएको उनले जानकारी दिए ।

ती कर्मचारीमा भाइरसको संक्रमण देखिएसँगै कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पनि कोभिड–१९ परीक्षण गरिएको छ । कोरोना भाइरस नियन्त्रणकै लागि भनेर मन्त्रिपरिषद्ले चैत १६ को निर्णय अनुसार गठन भएको सीसीएमसीको कार्यालयमै संक्रमण भेटिनुले स्वास्थ्य सेवामा थप सहजकता देखाउने पर्ने भएको छ ।  सीसीएमसी सचिवालय सील्ड भने नगरेको सचिव गुरागाईंले जानकारी दिए । यसमा तपाइको प्रतिक्रिया ।

source :mirmireonline

You can share this post!