कोरोना संक्रमित थप १२ जनाको मृत्यु, अहिलेसम्म एक सय ९५ जनाको निधन

कोरोना संक्रमित थप १२ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार महिला र आठ पुरुषको मृत्यु भएको हो । 

मृत्यु हुने महिलामा मोरङको ६५ र ५६ वर्षीया, भक्तपुरको ६४ वर्षीया र मकवानपुरको ७१ वर्षीया छन् ।

त्यसैगरी उदयपुरको ५२ वर्षीय, पर्साको ७२ वर्षीय, धनुषको ४५ वर्षीय, सिरहाको ५५ वर्षीय, झापाको ८३ वर्षीय, चितवनको ५१ वर्षीय, कास्कीको ५२ वर्षीय र रुपन्देहीको ६० वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

योसमेत नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९५ पुगेको छ ।

गौतमले हाल संक्रमणबाट मृत्यु भएको प्रतिशत ०.५३ रहेको बताए । 

source : nyapatrikadaily

You can share this post!