विप्लवलाई नबुझी उनको विचारलाइ प्रतिबन्ध गर्ने विध्वंशकारी हुन्

कुमार खत्री

आजभोलि एकआपसमा तँ तेरो म मेरो अथवा तपाई छोडि मपाई मनशाय बोकेका लङ्गौटियाहरु समाजमा बढ्दो क्रममा रहेको पाईन्छ।तँ उसको राजनितिक आस्थाको होस र म उसको आस्थाकाे भन्दै आपसमा भाईभाई समेत काटिएको बाडिएको सबैमा जगजाहेर नै छ।यसै क्रममा समाज तथा देशमा विप्लव प्रति कुचेष्टा अथवा गलत मनशाय बोकेकाहरुको आरोप प्रत्यारोप पनि केहि कम देखिदैन्।वास्तविक विप्लव के हो जानकारी नभएर/ नपाएर सामन्ती वर्गहरु प्वाकप्वाकि बोल्ने गरेको छन्।

अहिले हामिले नेत्रविक्रम चन्द,माईला दाई,दिदि उमा भुजेल विप्लव पुत्र प्रकाश,प्रकाण्ड,बास्तोलालाई मात्र विप्लव नसम्झौ। सम्झौ,विप्लव त ति पनि हुन जो देशको बाह्य वा आन्तरिक दुबै दृष्टिकोणका आधारमा देशभित्र वा समाज भित्र भएका, कुसंस्कार,कुरीति, रुढिवादीको विपक्षी हुदै समाजबाट यसको निर्मुल भएकाे चाहन्छ।जसले सत्तामा रहेर भत्ता पचाईरहेका संसदिय ब्यबस्थाका जनतामारा मालिक रजौटाहरुको विरुद्ध आवाज ऊठाउछन्।जसले प्रतिक्रियावादी सामन्ती, अधिनायकवादी, व्यवहारवादी, पुँजिवादी विरुद्ध र तिनले देश र समाजमा गरेको दमनचयन आतङ्क अन्याय को बिरुद्ध मुक्तिको आवाज उठाउछन्।

जसले रास्ट्र राष्ट्रियताको लागि आफ्नो ज्यानको प्रवाह गर्दैनन,जसले रास्ट्र राष्ट्रियता कै निमित्त प्रतिक्रियावादी विस्तारवादी साम्राज्यवादी का गुलाम चाकडि गिरोहरुको जेलनेल को चिसो हावा खान बाध्य हुन्छन,तय हुन्छन्।हो ति नै विप्लव हुन्‌।जसले जनताको मौलिक हक अधिकार सुनिश्चित गराउदै देशलाई स्वाधिन आत्मनिर्भर स्वतन्त्र चाहन्छ,जसले कहि गरिव उत्पिडित किसान मजदुर सर्वहारा वर्गको चुहिने घर वा टहराहरुमा आगो बलेकी बलेन देख्न चाहन्छ।जसले आफ्नो देशको नागरीकलाई आफैंमा विश्वास दिलाएर आत्मनिर्भर, स्वतन्त्र, लगनशिलता, मेहनती, इमान्दारिता,कर्मठ राष्ट्रप्रेमी, देशप्रेमी न्यायप्रेमी जनप्रेमी परिवर्तनकारी बनेको देख्न चाहन्छ र सिकाउन चाहन्छ,हो त्यो नै विप्लव हो।

देशभित्र भईरहेको दिनैपिच्छे दिनदहाडै बलात्कार,हत्या, हिंसा,अपहरण, काटमार ,डकैति भ्रष्ट इत्यादि विषयलाई निर्मुल भएको देख्न र देखाउन चाहन्छ।जसले देशलाई आफ्नै पौरख र इमानबाट प्रगति गरी स्तरउन्नतीको बाटो तिर लैजान पहलकदमी चाल्छ।जसले यो संसदिय प्रतिक्रियावादी दमनकारी सामन्ती अधिनायकवादी निरङ्कुश राज्यसत्ताकाे बिरोध प्रतिरोध गर्दछ्। हो त्यहि नै विप्लव हो।हो त्यहि विप्लव हो जसले जनताहरुमाथि भएको एकतन्त्रीय जहानियाँ राणा शासन जस्तो शासनप्रणाली लुटप्रणाली बारे घोर ठोस आपत्ति र विरोध प्रदर्शन गर्दछ्।जसले एकअर्का दुःखि गरिव उत्पिडित सर्वहारा वर्गको मर्मस्पर्शी बुझ्छ।जसले रास्ट्र राष्ट्रियताको लागि आफ्नो सर्वस्व परित्याग गर्न पछि पर्दैन।

जसले हिजोको त्यो ढुङ्गेयुगबाट आज एक्काइसौं शताब्दीको उत्तरार्धमा आएर पनि जनता र देशको गौरवता हकहित र अधिकारको निमित्त प्रतिक्रियावादीहरुको गोलिको छर्रा सँग सामना गर्ने अठोट र दृढता गर्छ।हो त्यो नै वास्तविक विप्लव हो।यो कुनै खोजेर खोसेर खोतलेर पाईने भौतिक ठोस वस्तु होइन यो त अभौतिक आखाले देख्न नसकिने र हातले छुन नसकिने तर पढ्न बुझ्न र सुन्न सिकिने कम्प्युटरको हार्डवेयर र सफ्टवेयर जस्तो हो।जसले त यो देशको कानुन प्रशासनिक व्यवस्थालाई आफ्नो मातहतमा लगेर मुठ्ठीभर शासन पद्धति लागु गर्न चाहन्छ तिनिहरु बिरुद्ध बुलन्द घोर बिरोध गर्ने नै विप्लव हो।

आफु प्रतिबन्ध भएर पनि ७३ अर्व Ncell काण्ड,११ अर्व 4Gकाण्ड ,५ अर्व सिण्डिकेट काण्ड,५अर्व बुढि गण्डकी काण्ड बार्षिक ४ अर्व मेनपावर लुट काण्ड,३अर्व माथिल्लो तामाकोशी जलविद्युत काण्ड,५२ अर्व स्विस बैंक काण्ड,७ अर्व विनोद चौधरी लुट काण्ड ५ अर्व आसेपासेलाई सत्ताको ढुकुटी वितरण काण्ड,३० अर्व चुडामणि भ्रष्ट काण्ड,३८ क्विन्टल सुन काण्ड सेति महाकाली काण्ड,निर्मला बहिनि बलात्कार काण्ड जस्ता काण्डै काण्डले अोतप्रोत यो दलाली विदेशिको गुलामी सत्ता बिरुद्ध चर्को बिरोध गर्दै निदाएका जनतालाई जुर्मुराएउने नै विप्लव हो। चिसो ठण्डी मौसमको सिजनमा गरिव उत्पिडित वर्गहरुका ढुसि मौलाएका र अोद आएका अोदिला घरमा पनि मस्त आनन्दको अनुभूति दिलाउने विप्लव हो।

दुःखमा जनताको घाउमा मलम पट्टी लगाईदिने सहयोगी भावना बोकेका नै विप्लव हो।जहा दमन शोषण अन्याय अत्याचारले सिमा नाघ्न खोज्छ त्यहा विप्लवको जन्म हुन्छ्।त्यहा विद्रोहको राको जल्छ।त्यसैले विप्लव यो देश र जनताको हकहित र अधिकारको लागि निकै अपरिहार्य र आवश्यकजनक छ।थुप्रै यो सवैमा हुन आवश्यक ठहर्छ। फेरि यसै माथि प्रतिबन्ध र कु्र प्रतिकार गर्ने यो सत्ता वास्तवमै भन्ने हो भने दमनकारी, अवसरवादी लुटतन्त्रवादी अधिनायकवादी जनतामारा हो।न्यायको भिक मागिरहेका हजारौहजार व्यक्ति वा परिवार अझै पनि न्यायको आशमा बसेका छन्।सरकार आफ्नै भ्रष्ट लुट ब्रहमलुट जस्ता कार्यमा दिनानु अस्त न व्यस्त हुनमा ठिक्क छ।यो दलाल प्रतिक्रियावादी फासिष्ट फासिवादी जनहत्यारा राज्यसत्ता बिरुद्ध कठोर घोर विरोध र विद्रोह गर्न आवश्यक छ।यि सत्तापिचासु रजौटाहरुले आज देश परचक्रिहरुलाई सुम्प्याउने दुष्प्रयास गरिरहेका छन।

देशभित्रै देशको रास्ट्रिय गौरवतामाथि ठाडो हनन हुने चलखेल गतिबिधि र कुचेस्टाहरु भईरहेका सर्वविदित नै छन्।यस संकटको घडीमा पनि अलौकिक कार्य गर्दै सत्तामा रहेर गरिव उत्पिडित मजदुर,किसान वर्गहरुले खाने गास र बस्ने बास को सहि जोरजाम ठेगान नगरी सकि नसकि रगत र पसिना को खेती बगाएर कमाएको दुईपैसामाथि पनि अकुत मात्रामा महंगो कर असुल गरी आफ्नो पेट लाद्न पल्किएका पेटका भोका जति भएनि जति खाएनि भयो भनेर डकार ननिकाल्ने रक्तपिसापुहरु जनतालाई कदापि स्विकार्य लायक छैनन् र हुनेपनि छैनन्।देश र जनताको हकहित र अधिकारको लागि सधै अग्रगामि भएर बोल्नेहरुमाथि लगाएको प्रतिबन्ध र दमन अब धेरै टिक्दैन संसदीय व्यवस्था सामन्ती अभिजात हरु हो!विप्लव त सच्चा परिवर्तन चाहने देशप्रेमी न्यायप्रेमी जनप्रेमी परिवर्तनकारी भावना बोकेका सबै हुन्‌,

देशलाई स्वाधिन आत्मनिर्भर स्वतन्त्र बनाउन चाहनेहरु नै विप्लव हो।यस विषयमा सत्ताका मालिकहरुलाई गहिरो ध्यानाकर्षण जाअोस्। विसं २०५२ सालदेखि २०६२/६३सम्मको ठुलो एक भयावहित भयानक जनयुद्धको दौरानमा जनतामा आमुल परिवर्तन ल्याउन उनिहरुले दिएको ज्यानको उच्च बलिदानी वा बलिफेदि र सर्वस्व परित्याग गर्ने महान योद्धाको देश परिवर्तन र जनताको हकअधिकार सुनिश्चित गराउने सपना सँगै श्रमजीवी वर्गहरुमाथिको शोषण किचलोहरुबाट उन्मुक्ति दिलाउने ढल्न लाएको/लगाएको लाल झण्डालाई ढल्न नदिई ति विर सहिदका सपना पुरा गर्ने उदेश्य वा ध्येयले परिवर्तित सपना र क्रान्ति लाई सफल बनाउन लागी परेका विप्लवहरुमाथिको यो दमन अब आम तिनकरोडमा ढाईकरोड नेपाली सर्वहारा वर्ग वा जनतालाई पनि लगाउन सक्नुपर्छ।

परिवर्तन चाहने सबै विप्लव हुन्,यो कुरा दलाल मतियार हरुलाई ज्ञात रहोस्।उमा भुजेल,माईला लामा, सुदर्शनलाई आफ्नो कस्टडिमा थुनेर राख्दैमा विप्लव घट्ने छैनन्।यसो सोच्नु यो दलाल सत्ताका टाउके छोटे राजाहरुको भ्रमको खेति हो।बरु तिक्ष्ण क्षमता र तिखो शसक्त उर्जाशिल भएर अझ झन् नव विप्लव को जन्म हुनेछ।सत्तामा रहेर अकुत सम्पत्ति कुम्ल्याएर सुखसयल र विलासि जिवनमा रमाएका रजौटाहरुले अब फेरि पनि देश र जनतालाई धरापमा फालेर कायापलट बनाउने दुष्प्रयास गर्दछ भने यसको परिणाम ठुलो हुन जानेछ। आमुल परिवर्तन चाहने आस्थाका धरोहरहरूलाई कालो बन्द जेलको चिसो कोठामा थुनेर राख्ने यो सत्ता र सत्तामा पाले पहरेदारहरु यथार्थ मै भन्ने हो भने त विध्वंसकारी सामन्ति अभिजात हुन्‌।भ्रष्ट भुमाफिया लङ्गौटियाहरु बिरुद्ध बोल्न विप्लव पछि पर्दैनन्‌। हतगडि र प्रतिबन्धले विप्लवहरुको विचारमा बार लगाउन कसैले सक्ने छैनौ।

यदि यस्तो सोच्छ भने यो सत्ता र सर्बदलिय भाते भरौटेको यो भन्दा ठुलो दिवा सपना अर्को केहि हुन सक्ने छैन। परिवर्तन को बार तोड्ने दिवा सपना देख्न अोली सेरे प्रचण्ड को ठुलो भ्रमको आहालमा तैरिनु हो।सत्ता र कानुनलाई आफ्नो हातमा लिएर दुरुपयोग दुराचार गर्ने यि दलाल शोषकहरुले लिएको आफ्नो सपना ईच्छा आकांक्षा माटोमा विलाप भएर जानेछ।यो पुरा हुन विप्लव ले दिने छैनन यो कुरा सत्ताका रक्तपिसापु व्यक्तिगद स्वार्थ प्राप्तिको पछि परेरका बेईमानी जनतामारा हत्याराहरुले राम्ररी आंकलन गर्न जरुरी छ।सत्तामा रहेर जनताको हकहित र अधिकारको ठाडो हनन र दुरुपयोग गर्दै कानुनलाई आफ्नो हात र मुठ्ठीमा लिन खोज्नेहरु नै देशका सामन्ति अभिजात अथवा विध्वंसकारी हुन भनेर बुझे हुन्छ।

गणतन्त्र समाजवाद र संघियता भनिएता पनि व्यवहारमा लागु भएको यो सत्ताको देखिदैन्।जनताले अनुभूति गर्न सक्ने ढङ्गले परिवर्तन गाउँमा गरिव किसान र गरिखाने वर्गसम्म पुर्याउनसकेको छैन। परिवर्तन को माग र तात्पर्यता अनुसार सत्ताधारी नेता कार्यकर्ताहरु काममा फिटिक्कै सक्रिय रहेको देखिदैन्।के यहि हो त गणतन्त्र! गणतन्त्र भनेको त समाजतन्त्र हो,समुदाय नै हाम्रो सर्वोच्च हुने तन्त्र हो।आज सत्तामा रहेर करोड र अर्वौका महल र चमेलीमा बास बस्ने र चिल्ला महङ्गा गाडिमा सवार गर्नेहरु हिजोका राजा महाराजा भन्दा पनि उपल्ला राजा बनेको छन्।आफै निरङ्कुश सत्ता साझेदारी गर्नतिर बढि आकषिर्त छन्।अव यिनलाई देशका सामन्ति अभिजात र विध्वंसकारी भन्ने कि नभन्ने,नभनौ त कसरी?यिनिहरुको यो चातुर्यता बेईमानी भ्रष्ट चलखेल र रणनीति देख्दा।

यि सत्ताधारी आफुले जति नै घात, गद्दारि बेइमानी गर्दा पनि सज्जन नै ठान्नेहरु को अलोकप्रियताको लाभ स्वत विप्लव हरुलाई पर्ने छ।यो सत्ता र सर्वदलिय लुटतन्त्रका मुलहरु देश र जनता सर्वनाशको बाटोमा छन्। सर्वसाधारण गरिव पिडित जनतालाई धक्याउदै आफ्नो स्वार्थ लाद्ने,लुट र आतङ्क सिर्जना गर्न कहि पछि परेको देखिदैन्।बरु दुईकदम अगाडि नै देखिन्छ।इतिहासको यथार्थताको ज्ञान अथवा पाठ यो दमनकारी सरकार र अन्य दलका भ्रष्टहरुले सिकेको छैन्।यदि वास्तवमा यो सत्ता र सत्ताका साझेदारीहरुले देश र जनतामाझ लोकप्रिय काम र गतिविधि सञ्चालन गरेको भए,जनताको ध्यानकेन्द्रित कार्य गरेको भए जनताको ध्यानाकर्षण त्यतातिर जान्थ्यो होला तर सरकार र प्रतिपक्ष सर्वदलीय नेता पार्टी कार्यकर्ताहरुले अलोकप्रियता र अलौकिक कार्य गरेर नै आज तिनकरोड नेपाली जनतामा ढाईकरोडभन्दा बढि जनता विप्लव बन्न हाजिर छन्।

सरकारको यो कार्य सामन्ती र दमनकारी भयो कि भएन?प्रश्न यहा आउछ।विप्लवको विचार सिद्धान्त र कार्तरणनिति र जनतादायि भएको हुनाले दिनानु थप नयाँ विप्लवी विचार र आस्थाको विउ रोपिदै र उम्रदैछ। विप्लव त्यो जसले हिम्मत र साहसको हतियार त्यति सजिलै ढल्न दिदैन्।सत्तामा रहेर कुर्सिको हालिमुहाली गर्ने आफ्नो निजि स्वार्थ सर्वसिद्ध गर्ने ध्येय बोकेका दलाल माफिया,भ्रष्टहरु सामन्ती अभिजात र विध्वंसकारी नै हुन्।सत्ताको दुरुपयोग गरी जनतामा चरम भ्रष्ट लुट आतङ्क मच्चाउने यि हाडिघोप्टे प्रवृत्तिका कपुतहरु नै अवसरवादी लुटतन्त्रवादी अधिनायकवादी हुन्। माक्सवाद-लेलिवाद-माअोवादको नाममा देशमा भ्रष्ट,चोरी,डकैति, लुटपाट, बलात्कार, हत्या हिंसा अपहरण जस्ता दर्जनौं नराम्रा गतिविधि र कार्यमा मग्न भएका छन्।बाहिर कम्युनिष्ट को नक्कली खोल अोढेर भित्र लुटको बजार र खेति चलाउने यि सत्ताका मालिकहरु नै देशका गद्दारि देशद्रोह घातक हुन्।

*विप्लव बन्न कस्तो सङ्घर्ष र कठिनाई भोग्ने भन्ने विषयमा; तसर्थ विप्लव बन्न तपाई हामि हरुले कुनै धनजनको खोला बगाउनु पर्दैन्,कतै खोजतलासी गर्न जानुपर्दैन।कतै बाट बोकेर ढोकेर ,चोरेर ल्याएर बन्नुपर्दैन।यो त सरासर असम्भव हुन जान्छ।विप्लव तपाई आफैमा निहित हुने कुरा हो।यसबारे कसैले बारम्बार सिकाई र भनिरहनु पनि त्यति आवश्यक पर्दैन। आफुभित्र रहेको सोच्ने सोच र गर्ने कार्यलाई फेरबदल गर्नुस्।देश र जनताको हकहित र अधिकारको लागि लड्नुस् बोल्नुस्,अन्याय अत्याचार दुराचार को बिरुद्ध तठस्थ आवाज उठाउने कार्यमा सक्रिय रहनुहोस्,आमुल परिवर्तनको सपनाको गहिराईमा जानुहोस्।

अनि विप्लव तपाई आफैमा सम्भव छ।तपाई विप्लव बन्नुहुनेछ।हो प्रतिक्रियावादी फासिष्ट जनहत्यारा हरुले आफु र गरिव उत्पिडित वर्गमाथि थिचोमिचो गरेको खण्डमा बन्दुक उठाउन पनि सक्नुपर्छ।घाम पानी थकान दुःख पिडा अर्चनालाई सजिलै भुल्न सिकौ।जनताका जनगुनासा र रायसुझावलाई अन्तर आत्मादेखि मनन र स्मरण गरौ,विप्लव तपाई आफैमा जन्मिने छ।समाज र देशभित्रका कुरीति, कुसंस्कार, वेथिती बिरुद्ध बुलन्द आवाज फुक्नुस्।र निर्मुल पार्ने अठोट र साहसलाई निरन्तरता दिदै जाअौ।अझ थप शसक्त उर्जाशिल हुनुहुनेछ।दलालको गुटको कालोबजारीको पर्दाफास गर्दै फेरि त्यस्तो दुष्हास गर्न त सोच्न सक्ने अवस्था बनाअौ। राजनितिको नाममा सोझासाझा सर्वसाधारण गरिव सर्वहारा वर्गलाई भड्काएर,तपाएर आफ्नो खल्ति भर्न पल्किएका जल्लाद दलालहरुलाई तिनै जनताबाट कडा जनकारवाही गराउ।सुखसयल र विलासि जिवनको सपना देख्न छाडौ।समाज परिवर्तन को सपनालाई जगेर्ना गरौ। यहि नै विप्लव हो

You can share this post!