कुलमान घिसिङ र वर्तमान व्यवस्थाको कुरा

विरेन्द्र शाह

कुलमान घिसिङ लाई पुनः विधुत प्राधिकरणको प्रबन्धक निर्देशक नियुक्त गरिनु पर्छ त्यसमा फरक मत राख्नुपर्ने कारण छैन अहिले लाई उहाँ नै उपयुक्त पात्र हो। • अहिले कुलमान घिसिङ लाई विधुत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गर्न समाजिक सन्जालमा एक किसिमको आन्दोलन नै शुरु भएको छ। जुन कुरा राम्रो हो, असल र कर्तव्यनिष्ठ मान्छेको समर्थनमा बोल्ने कुराले समाज विकास निर्माणको प्रक्रियामा सकारात्मक प्रभाव पार्छ। • अब मुख्य प्रश्नको कुरा – कुलमानको पुनः नियुक्तिको सन्दर्भमा विभिन्न सामाजिक अभियान्ताहरु, विभिन्न राजनीति दलका भातृ संघसंगठनहरु, स्वतन्त्र नागरिकहरु र युवाहरूले सामाजिक संजालमा अभियान नै चलाए त्यति मात्रै होइन स्वयं सरकारी नेकपा भित्र बाटै पनि आवाज उठयो अहिलेको लागि राम्रो कुरा हो।

खास कुरा यसरी असंगठित आन्दोलनहरु कहिले सम्म गरिरहने ? अहिले उहाँको पुनः नियुक्तिको लागि संघर्ष गर्ने कुरा ठिक छ। अब हामीले कर्तव्यनिष्ठ , ईमानदार र राम्रो मान्छेहरु स्वत: नियुक्त हुने व्यवस्थाका लागि आन्दोलन गर्ने कि भन्ने प्रश्न पनि जन्मिएको छ यहाँ यदि हामी साच्चिकै परिवर्तन चाहन्छौं भने। घटना विशेषमा मात्रै हामी आवाज उठाउने कुरा सहि छ, तर त्यसले समग्र देश परिवर्तनको आकान्क्षा लाई सम्बोधन गर्दैन। जसरी कुनै बेला डा. गोविन्द केसि ले उठाएका स्वास्थ्य क्षेत्रका जायज मागहरुको समर्थन आवाज उठायौ, आज कुलमानको नियुक्तको लागी र भोलि अरु कुनै राम्रो मान्छेको लागि उठाउने पर्ने होला। तर के यस बाट हल निस्कीने वा समस्याको निराकरण हुने कुरा संभव छ त ? संभव छैन।

मुल कुरा समग्र व्यवस्थाको परिवर्तन बिना टुक्रे हल खोजाईले केही पनि हुदैन भन्ने निष्कर्ष हो। • अरु देशहरुमा जो समृद्ध छ्न त्यहाँ यस्ता विषयहरु चर्चामा आउदैनन। राज्यका अधिकतम कर्मचारीहरु आफ्नो कर्तव्यमा प्रतिबद्ध नै हुन्छ्न। बिगार गर्नेहरु स्वत: कार्वाही मा पर्छ्न। तर हामी नेपालीहरुको दुर्भाग्य कस्तो कि स्वत: राम्रो मान्छे अगाडी बढनु पर्ने ठाउँमा आन्दोलन गरि स्थापित गरिदिनु पर्ने हुन्छ। यस्तो देशको दु:खद बिडम्बना छ।• सरकार चलाउनेहरु बढो चलाक छन र उनीहरुले नेपाली जनताको मनोविज्ञान राम्रो सङ्ग बुझेका छ्न। कुलामान जस्ता मान्छेहरु लाई सरकार चलाउनेहरुले आफ्नो बदनामी ढाक्न प्रयोग गरिरहेका छ्न।

कसरी त भन्दा विभिन्न काण्ड काण्डले बदनामित भएको बेला कुलमान लाई हटाउने जनतामा प्रयोजित हल्ला फिजाउछ्न र सारा जनताको ध्यान एउटै मुद्दामा केन्द्रीत गराएर जनता लाई आन्दोलन गर्न बाध्य पार्छ्न अनि अन्तिममा जनताले आवाज उठाएको कुरा सम्बोधन गरिदिन्छन। त्यसपछि सरकार लाई जनताको वाहवाही र धन्यवाद बटुली नसक्ने हुन्छ। अरु मुद्दा र काण्डहरु बाट जनताको ध्यान विकेन्द्रीत हुन्छ। जो शासकहरुको चलाकी पुर्ण एउटा चाल हो। कतिबेला लाग्छ यस्तो अवस्थामा कुलमान घिसिङ जस्ता कर्तव्यनिष्ठ मान्छेहरुले सबैतिर बाट बदनामित राज्यको कमजोरी ढाक्ने हतियार बनिराख्नु पनि आवश्यक छ जस्तो लाग्दैन। एउटा विधुत प्राधिकरण मात्रै राम्रो हुने अनि अरु सयौं ठाउँहरुमा लुट मच्चिने हो भने, यी सबै कुराको हल व्यवस्था परिवर्तनको लडाइँ बिना समग्र रुपान्तरण र परिवर्तन संभव छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ।

• एकछिन लाई हामी फरक दृष्टिकोण बाट पनि सोचौं , कुलमानले राम्रो काम गर्नु भयो। सारा नेपाली जनताले धन्यवाद दिएका छ्न। कुलमान को विकल्प नै छैन भनेर पनि सोच्नु हुन्न। आवश्यकता भन्दा बढी प्रचार व्यक्ती केन्द्रीत भएपछि कुलमान आफैले विज्ञप्ति निकालेर विधुत प्राधिकरणको सम्पुर्ण टिम र सरकारको सहयोगमा आफू सफल भएको कुरा सार्वजनिक गर्नुपर्ने भयो। विधुत प्राधिकरणको नेतृत्व गरेको हिसाबले राम्रो कामको जस र नराम्रो काम को अपजस पाउने कुरा स्वाभाविक नै छ।

उनले राम्रो काम गरे जस पाए तर आज हामी आवश्यकता भन्दा बढी व्यक्ति केन्द्रीत भई दियौं भने विगत कार्यकालमा कुलमान लाई सघाउन मरिमेटी लाग्ने कमचारीहरु अर्को कार्यकाल नियुक्त भएर आउँदा असहयोग र असफल बनाउन पनि लाग्न सक्छ्न। यो समाजमा जतासुकै राम्रो मान्छेहरु छन जो अवसर नपाएर ओझेलमा छ्न जस्तो कि विगतमा कुलमान थिए। कुलमान विगत कार्यकालमा नियुक्त नभएको भए कसले चिन्थ्यो ? उनी राम्रो त थिए तर ओझेलमै रहि रहन्थे। कुलमान जस्तै कर्तव्यबोध भएका असल मान्छे यो समाजमा, राज्यका निकायहरुमा अथवा विधुत प्राधिकरणमै पनि होलान। एउटा व्यक्तिको छायामा सबैलाई पारिदिनु हुन्न। कुलमान लाई नै आदर्श मानेर उहाँ भन्दा नि राम्रो गर्ने सोच भएका मान्छे पनि होलान नि त हामीले कोईपनि छदैछैन भनेर ठोकुवा गरिदिनु हुन्न।

विधुत प्राधिकरण एउटा व्यवस्थित प्रक्रियामा अगाडी बढेको छ। भोलि अरु कोई आउँदा [ नामै चलेका दलाल र फटाह बाहेक कोई राम्रो नयाँ अनुहार ] कुलमानले गरेको भन्दा राम्रो नै गर्न खोज्छ नसकेपनी बिगार्दैन। अनि कुलमान लाई अरु यस्तै बिग्रेका र भत्केका ठाँउहरुमा [ उनको कार्यक्षमता पुग्ने ] जिम्मेवारी दिदा झनै राम्रो पनि हुनसक्छ। यसको अर्थ कुलमाम लाई अरु ठाँउ पठाई हाल्नु पर्छ भन्न खोजिएको होइन कि राम्रो मान्छे लाई ओझेलमा पार्ने , असल र कर्तव्यनिष्ठ मान्छेहरु मनोविज्ञान नै गिराई दिनेगरी हामीले हाम्रो दृष्टिकोण बनाउनु हुँदैन।• अर्को हामी नेपाली जनताको मनोविज्ञान कतातिर बढी मोडिदै छ त भन्दा विकल्प बिहिन बाटो तिर।

जस्तै दलाल, जनता लुटिखाने भ्रष्ट संसदीय व्यवस्था को विकल्प खोज्न हामी सजिलै तयार छैनौं। हामिले अर्को के कुरा प्रष्ट हुन जरुरी छ भने , यदि हामी यहि दलाल जनता लुटिखाने व्यवस्थाको वकालत गर्छौ भने कुलमान लाई यो राज्यको दृष्टिकोणमा पुनः नियुक्त गरि राख्नु पर्ने आवश्यक छैन। सयौं ठाँउहरुमा लुटन दिएर कुलमानको पुनः नियुक्तिका लागि आन्दोलन गर्नुको औचित्य रहदैन। यो अहिले जुन राजनीतिक व्यवस्था चलिरहेको छ यसको लूटने , कमिशन खाने , भ्रष्टाचार गर्ने राजनीति धर्म नै हो र

यो व्यवस्थामा त्यो कुरा नैतिकता भित्र नै पर्छ। आउदो चुनाव का लागी अर्बौं रकम जम्मा नगरी कसरि चुनाव जित्ने ? चुनावमा युवाहरू लाई जाड रक्सी र मासु को व्यवस्था नगेर कसरी परिचालन गर्ने भन्ने हुन्छ। तसर्थ यो राजनितिक व्यवस्था भित्र करोडौं करोड सजिल कमिशन आउने र भ्रष्टाचार गर्ने बाटो को लागि आफ्नो मान्छे नियुक्त गर्नु राज्यको धर्म हो र यो व्यवस्थाको नियमित प्रक्रिया हो। हामी यो व्यवस्था लाई सहर्ष स्विकार्दै आन्दोलनको कुरा र एक दुईजना फेर्ने कुरा गर्छौं भने तत्काल जे भएपनि भविष्यमा त्यो नाटकमा रुपान्तरण हुन जान्छ। खास कुरा समग्र व्यवस्था फर्ने नै हो । तसर्थ हाम्रो मनोविज्ञान समग्र व्यवस्था फेर्ने तिर केन्द्रीकृत हुन पर्यो। • हाम्रो मनोविज्ञान कस्तो छ त भन्दा अस्ति मात्रै सामाजिक सन्जालमा कुलमान घिसिङको नियुक्तिको खबर सारै भाईरल भयो, हामी सबै उत्साहित भयौं र सरकार लाई बधाईको ओईरो नै लाग्यो।

पछी नियुक्ति गरेको कुरा झुठ्ठा सावित भयो अनि जति बधाई र धन्यवाद दिएका थियौ त्यो भन्दा बढी गाली दियौं। मानौं , कुलमान नियुक्ति नै भै-हाल्यो भने पनि के ठूलो कुरा भयो त, त्यो त स्वाभाविक प्रक्रिया नै होइन र ? त्यो त यदि राज्य जिम्मेवार छ भने गर्ने कुरा नै हो। तर हामी त्यसै मा अल्झेर अरु सयौं काण्ड बिर्सिन्छौ। अर्थात यहि व्यवस्था मा लहसिन तयार छौँ।• कुलमान जस्ता कर्तव्य निष्ठ मान्छेहरु स्वत: अगाडि बढने वा नियुक्ति हुने व्यवस्थाका लागि हामी संघर्षमा जुटौ, अब त अबेला पनि भैसक्यो। यहाँ कुलमान जस्ता इमान्दार, कर्तव्यनिष्ठ धेरै मान्छेहरु ओझेलमा छ्न। हाल लाई कुलमान नियुक्त गर्ने आन्दोलन र संघर्ष ठिक छ नकार्न सकिदैन तर सधैं यहि व्यवस्था लाई सर्व-स्विकार्य ठानेर परेको बेला मात्रै टुक्रे र असंगठित आन्दोलन मार्फत आवाज उठाएर समग्र समाज र देश लाई रुपान्तरण गर्न सकिदैन अन्तिममा यो दलाल , भ्रष्ट र जनता लुटिखाने व्यवस्था भित्र त्यो हाम्रो संघर्ष मुतको न्यानो मात्रै हुन जान्छ। एकपटक गम्भीर भएर सोचौं र समग्र व्यवस्था नै फेर्न आन्दोलन को अाँधी बेहरी सिर्जना गरौं !

You can share this post!