मन्त्री प्रदिप ज्ञवाली र योगेश भट्टराइ लाइ खुल्ला पत्र

बेनाम बादशाह ( रमेश )

सम्माननिय पररास्ट्र मन्त्री प्रदिप ज्ञवाली तथा उड्यन मन्त्री योगेश भट्टराइ ज्यु लाइ म खाडिको लाहुरे सामुहिक रुपमा खुल्ला पत्र लेख्न गै रहेको छु । कोरोना सग हजुर हरुको मुख्य सरोकार नरहे पनि बिदेश निति तथा उड्यन को जिम्मेवारी हजुर हरु को काध मा भएकोले अहिलेको अवस्थामा म जस्ता बैदेशिक रोजगार मा आएर कोरोना लगायत समस्या का कारण नेपाल फर्कन नसक्ने लाखौ नेपालीको नजर मा हजुर हरु नै हुनुहुन्छ । नेपाल बाट बिदेश जादा १० हजार मात्र लागत भन्ने तपाइ हरु नै हो र हरेक मेनपावर बाट १ लाख देखि ३/४ लाख तिरेर बिदेश जाने हामी नै हौ र त्यो पैसा को पर्सेन्टेज खाने पनि तपाइ माननिय ज्यु हरु नै हो ।

बैदेशिक बैदेशिक रोजगार कोष मार्फत हामिले हरेक पटक बिदेश जादा बुझाएको पैसा अहिले पनि मौजुद छ त्यहि पैसा हो माननिय ज्यु हरु बिदेश घुम्ने पैसा पनि । हामीले नै ५५ डिग्रीको घाम मा बेल्चा हानेर कमाएको पैसा ले नै हो माननिय ज्यु हरु को चुनाव खर्च देखि लिएर सम्सद मन्त्री हुदा खाने तलब अनि गाडि खरिद गर्ने र गाडि मा इन्धन भर्ने देखि हजुर हरुलाइ सुरक्षा प्रदान गर्ने सुरक्षा कर्मिलाइ दिने तलब पनि हाम्रै रेमिटान्स हो किनकि ७०% भन्दा बढि नेपाल को बजेट रेमिटान्स ले धानेको छ भन्ने हजुर हरु जानकार नै हुनुहुन्छ । हामिले बिदेश बाट यस्तो दुख गरेको पैसा ले पनि हजुर हरुको सेवा सुबिधामा नपुगेर बिश्व बैक बाट ऋण गरेर हजुर हरु लाइ सेवा सुबिधा दिदा हामी ३ करोड जनता को टाउकोमा ४० हजार ऋण छ त्यो पनि मानेर हामी सहेरै बसेको थियौ ।

आज बिस्व कोरोना ले ग्रसित हुदा हजुर हरु कै लालच का कारण नेपाल का मेनपावर ले हामिलाइ ठगेर बिदेश पठाए तर हामिले भने बमोजिम काम पाएनौ दाम पाएनौ अनि मेन पावर लाइ पनि मोटो रकम बुझायौ अब भन्नुस बिगत धेरै महिना देखि न काम न रुम भएर बसेको छौ भने अर्को तिर हामी कति को कोरोना को कारण जागिर गुमेर सडक को बास भएको छ अब पैसा र कमिसन कै चक्कर मा हजुर माननिय हरु न त उडान सुचारु गर्नु हुन्छ भने बल्ल बल्ल आएको प्लेन पनि खालि फिर्ता लानु हुन्छ कमिसन मा नमिलेर यदि कमिसन होइन भने त्यहि दिन तुर्किश एअर २०१ यात्रु लिएर किन र कसरि नेपाल मा उत्रीयो त माननिय ज्यु । उद्दार उडान भन्नु हुन्छ अनि भाडा भनेको सामान्य अवस्थामा भन्दा चार गुणा बढि लिनु हुन्छ अब हामी महिनौ देखि न खाना न बस्न भएर अलपत्र भएको मानिस बाट यो कसरी सम्भव होला मन्त्री द्वय ज्यु कृपया जवाफ दिनु होला ।

उद्दार भन्ने ४ गुणा बढि भाडा लिने अनि त्यो पनि पर्याप्त उडान को ब्यवस्था नगर्ने कस्तो न्याय हो र आफ्ना जनता अनि आफ्ना भोटर तथा आफ्ना अन्न दाताको लागि हजुर हरु ले गर्नु पर्ने कर्तब्य यहि हो ? भोट माग्दा गरेका प्रति बद्धता यति छिटै भुल्नु भयो होला है माननिय ज्यु हरु । खुकुरी को चोट अचानो ले जिवन भर भुल्दैन खुकुरी ले भुले पनि ।कति लुट्नु हुन्छ माननिय ज्यु हरु मर्दा कात्रो मा गोजि त हुन्न है बिचार गर्नु होला । हो माननिय ज्यु म त्यहि नागरिक हो कि यु ए इ मा उडान होला भनेर ५० हजार को ऋण काढेर 7 हजार फेरि कोरोना टेस्ट गर्न ऋण काढेर अनि एअरपोर्ट सम्म आउन पनि ऋण गरेर आएको हु तर पैसा र कमिसन को चक्कर मा आएको प्लेन लाइ खाली फिर्ता लानु भयो अब हामी के गर्ने न जान को लागि न रुम छ न भाडा अनि फेरि कोरोना चेक गर्ने पैसा नै छ हाम्रो आसु ले तपाइ माननिय ज्यु हरु को सात पुस्ता ले सुख को सास फेर्ने छैन गरिब को आसु लाग्ने छ ।

नेपाल गएर फेरि होटेल मा बस्नु पर्ने रे अनिवार्य क्वारेन्टिन भन्ने समाचार छ । हामि यहा नै न खाना न बस्ने ठाउ तनाब मा छौ अब नेपाल आएर होटेल को पैसा कसरि तिरौ माननिय ज्यु हरु । सामान्य अवस्थामा ५०० पर्ने होटेल अहिले १८०० रे यो होटेल कान्ड बाट कति कमिसन उठाउनु भयो माननिय ज्यु हरु यो पिडित लाइ उद्धार गरेको हो कि मौका मा आफ्नो ढिकुटि भरेको माननिय ज्यु । देश र जनताको सेवा गर्छु भनेर लिएको सफत यहि हो माननिय ज्यु हरुले । पालो आउछ मानिय ज्यु हाम्रो पनि मत दिने पालो आउछ र सधै सत्ता र शक्ति हजुर हरुको मात्र हात मा हुदैन होला बिचार गर्नु होला र यदि कहि कतै हजुर हरुले यो पत्र पढ्न पाउनु भयो भने जवाफ अवस्य दिनु होला पिडित ले धेरै आशा राखेका मान्छे बाट यस्तो लुट सैह्य हुन्न माननिय ज्यु बिचार गरियोस ।

You can share this post!