यो गणतन्त्र हैन, यो त दलाल संसदीय राजतन्त्र चाहिँ हो

लक्ष्मण चौलागाईं विद्रोही

सिन्धुपाल्चोक तिरको लक्ष्मण चौलागाईं विद्रोही भन्नेले प्रचण्डको विरोध गर्यो । यो प्रचण्डको विरोध गर्ने क्रान्ती र गणतन्त्रको विरोधी हो भनेर मनमनै सोचिरहेका छौ भने नि (१० लाख अरिंगालहरु) त्यो तिमीहरुको भ्रम हो । मैले प्रचण्डको विरोध गरेको हैन खबरदारी गरेको हो ।

मैले व्यक्तिको विरोध गरेको हैन, यदि व्यक्तिको विरोध गर्ने भए पुष्पकमल दाहालको पनि विरोध गर्थें नि, कतै छ मेरो विरोध पुष्पकमल दाहाललाई ? बरु सेल्फी चाही भेटिन्छ तिमीहरुले मेरो वालमा विरोध खोज्यौ भने मैले त १७००० को रगत, लाखौंको विस्थापना, कयन चेलीको पुछिएको सिन्दुर, कयन बाबुआमाको टेक्ने लठ्ठी भाचेर र कयन बालबालिका गर्भमा नै टुहुरो बनाएर आविस्कार भएको नाम प्रचण्डलाई खबरदारी गरेको मात्रै हुं । चाकरी गर्ने त मेरो पुस्ताको धर्म नै हैन ।

अन्याय र अत्याचारको विरोध गर्ने बाबुको छोरो भएकोले अलिअली स्वभाव निश्चितरूपमा म मा सर्नु स्वभाविक हो यसैको कारण मैले गद्दारी र धोखाको विरोध गरेको हुँ भनेर बुझ्ने चेष्टा गर है ?मने परिवर्तन दरवारबाट खोसेको प्रचण्ड एक्लैले होइन हजारौंको बलिदानीले हो तर त्यो परिवर्तन महलमा विसर्जन भयो, यस्तो हुनु बलिदानको उपहास हो भनेर विश्लेषण गरेको मात्रै हुँ । तिमिहरुको एकैछिनको निजि स्वार्थले भोलि तिमी अरिँगालको छोराछोरीले संसदीय दलाल दुष्चक्रको अधिनायकवादको सिकार बन्नु नपरोस् भन्ने चिन्ताकै कारण सिन्धुपाल्चोकको लक्ष्मण चौलागाईं विद्रोहीले व्यक्तिवादको विरोध गरेको हो भनेर मनन गर। तिमीहरुलाई थाहा छ यो आरोप लगाउने पहिलो व्यक्ती म नै हो ! जो यसप्रकार छन् !

१..आफन्तवाद २. व्यक्तिवाद ३ . ब्रम्हलूटतंत्र(गणतन्त्र यो होइन यो त दलाल संसदीय लाजतन्त्र/ राजतन्त्र हो ।) गणतन्त्र महलमा लुक्यो जनतामा छोक्रा पनि पुगेन । तर तिमिहरु अहिले पोस्ट गर्दैछौ व्यक्तिवाद मान्दैनौं । त्यो व्यक्तिवादको विरोध गर्ने म नै थिएं ( तिमीहरूको चाकरी देखेर)जो आज छ।तिमिहरु मुखले जे बोल्छौ त्यो गर्दैनौ,तिमिहरु त शक्तिशाली व्यक्तिलाई व्यवस्था भन्छौ। त्यस्तो अन्धभक्तीले क्रान्ती किमार्थ हुन सक्दैन। एउटा राजाको राजतन्त्र जति लोकपि्रय थियो, तिम्रा ती झिंगा जस्ता राजाहरूको दलाल संसदीय राजतन्त्र संवैधानिक राजतन्त्र भन्दा लाखौं गुणा खत्तम छ र त गाउगाउमा भ्रष्टाचार गृह र सत्तामा ब्रम्हलूटतन्त्र देखा पर्यो नि हैन र ? अब तिमिहरु आफैं भन व्यक्तिवादको गुलाम र दास बनेर जिन्दगी गुजार्छौ कि गणतन्त्रको मालिक जनता बनाएर तिमिहरुको व्यक्तिवादको भगवानलाई जनताको सेवक बनाउछौ ?

यीँ लेखकका नीजी विचार हुन्

You can share this post!