राजढुकुटी मासेर रामारोशनको शोकमा समाजसेवी बन्ने छुट कसैलाई छैन

भक्त ठकुल्ला

अछाम रामारोशनमा बाढीपहिरोमा दिबंगत आत्मा प्रति आत्मा शान्तिको कामना एबम सोकाकुल परिवारमा समबेदना छ। त्यो दर्दनाक घटनाको प्रकृतिको जति निन्दा गरेर पनि आत्मा संतुस्टि हुने छैन अछामको बिरलै मध्ये एक घटना हो। त्यो कोकाहलको दुखद घडीमा जनता सामाजिक अभियन्ता आआफ्नै हैसियतबाट चिन्तित भयर उत्थानका लागि हतास भैरहदा नेपाल सरकारका माननीय गृह मन्त्रि,बाणिज्य तथा आपूर्ति मन्त्रि ,सत्तापक्ष नेकपा पार्टीका प्रदेश इञ्चार्ज अछाम जिल्लाका सोहि क्षेत्रका माननीय भिम रावल, माननीय शेर ब कुँवर र माननीय तारामान स्वार ज्यु लगायात राजनीतिग्य दिपक साउद ,केशर साउद नेताज्युहरु लगायत जम्बो टोली आउने खबर पाउदा पिडित र जनताका अगाडी निकै खुशीको घडी छायको थियो

जिल्लामा भ्रमण गरिरहुन्जेल किनकि दलबलका साथ उपल्लोस्तरको उपस्थिति भयको धेरै बर्ष पछिको सायदै पहिलो आसा लाग्दो भ्रमण थियो। लोकतन्न्रको वकालत गर्छु र सम्बिधान मैले लेखेको हु भनि अछाममा भासण र संचार माध्यमबाटै भन्नु हुने माननीय डा. भिम रावलको नेतृत्वमा गयको त्यो सवारीमा प्रतिपक्षको प्रतिनिधी सभा सदस्य वा कुनै प्रतिनिधि जाने अनुमति किन थियन रहेनछ? यो कौतुहलताको बिसय नै थियो। त्यहा पत्रकार पनि बेखबर थिय कारण फर्किदा मात्र थाहा भयो यि त सागुरो मानसिकताका उपजहरु थिय छन।त्यो सवारीमा जुन स्तरको भ्रमण थियो तेसको चित्रणमा जनताले निकै आसा गरेका मध्ये रामारोशन दैवि प्रकोप ,साफेबगर एर्पोपोर्ट बुढीगंगा बाढीले बगायको क्षति ,बहुरुपी पिडा बोकेर प्रताडित गर्दै गरेको कोरोनाको pcr को अभाव , बेरोजगार युवाको बेरोजगारि पिडा त छदै थियो

हालको जल्दोबल्दो समस्या जिल्लामा भयका तथा भारतबाट बेरोजगार हुदै फर्केका जनसमुदायका थुप्रै पीडाले चहराइ रहेका घाउमा मल्हम लगाउने सम्बोधन हुन्छ कि भन्ने आसा निरासामा बिलय भयो किनकि हेलिकोप्टर आयो गयो प्रति परिवार १ लाख ,१६ क्विन्टल चामल,६९ किलो दाल,कति चिनी ,१३ थान त्रिपाल अनि बाढीले बाचेको धान माथिको भासणबाजीको फोटोहरु सामाजिक संजालबाट अवघत भयो किनकि पत्रकारले त प्रश्न गर्थे भने प्रतिपक्ष भय यथार्त कुरा गर्न बाध्य हुन्थ्ये बनावटी कार्यको बिरोध गर्थे त्यस कारण कति सत्य कति असत्य तेति मै सिमित रह्यो किनकि लोकतन्त्रका बाहक दुइटै खुला र ठुला शक्ति त्यहा थियनन।

शक्तिका आडमा सरकारी बजेटको दुरोपयोग गर्दै अछामका डाडाहरुमा थुप्रै हेलिकोप्टर उडेको जनताहरुलाई अनुभव नौलो थियन नौलो थियो त सत्ताधारी दलबलको थियो तर…..चुनावी सभामा थुप्रै आस्वासन दिई पुरा नभयर होला सायद वा अन्य कारण के थियो बाढिपिडीत ,बेरोजगार ,मल बिनाका किसान , बिकास,समृद्धि र कोरोना आदि थुप्रै घोसणाको ब्यवास्ता गर्दा भ्रमण रसिलो नै भयन अब यस पश्चात यी यस्ता फितलो भ्रमण नदोहरियकै राम्रो हुनेछ यसरि नै गैरजिम्मेवारी पनले दोहोरिदा दैविप्रकोपकै भ्रमण किन नहोस नागरिकले कालो झण्डाले स्वागत गर्न पछि पर्ने छैनन् ति दिन ननिम्त्याउनु होला र साथै सरकारि तबरबाट गर्ने भैरहने जुनकुनै

काम कार्यक्रमको कार्यकर्ता लेख्न लगायर प्रभावशाली नेता को पहलमा यसो गरिदै, हुदै,गराइँदै आदि गर्ने गरेका थुप्रै प्रचारबाजी जन निर्वाचित जनप्रतिनिधिले खायको सफत नै भयकोले भ्रम नछरेकै सुगन्ध हुने छ ।यो दलबलले आफ्नो जनप्रतिनिधिहरुबाट धेरै ठुलो आसा गरेका थिय राजधानीबाट कुनै नौलो समाचारको कुरा गर्छन भन्ने त आसै थियन बिकास गर्ने कुरा को पनि किञ्चित आसा थियन किनकि २१औ शताब्दीमा अछामका बौद्धिक सक्तिले तपाइहरु राजधानीबाट हेलिकोप्टरमा उडिसके पछिको खबर हातहातमा पढिरहेका थिय तर सम्बोधनको आसा यति मात्रै थियो कि पिडित जनताहरुलाई सरकारले राहातको घोसणा गरोस भन्ने चाहान्थे तर हात्ती हात्ती आयो फुसा मा भ्रमण रहेकोले निकै खल्लो भयको महसुस गरियको जानकारीका साथै अनुरोध छ ।

लेखक ठकुल्ला समाजसेवी तथा नेपाली कांग्रेसका नेता हुन्

You can share this post!