हायात होटेलको २९ करोड ४३ लाख लाभांश विदेश लैजान रोक

काठमाडौं । हायात होटेलका पाँचवटा संस्थागत विदेशी लगानीकर्ताले विदेश लैजान लागेको लाभांशबापतको २९ करोड ४३ लाख रुपैयाँ तारागाउँ विकास समितिले रोकेको छ ।

होटेलमा सरकारको सेयर हिस्सा ४० बाट नौ प्रतिशतमा झारिएको विषयमा अध्ययन भइरहेका बेला राधेश्याम सर्राफसहितका संस्थागत लगानीकर्ताले उक्त रकम विदेश लैजान खोजेका थिए । होटेलमा उनीहरूको ६६ लाख ६ हजार ६ सय ८० कित्ता सेयर छ ।

होटेलले आर्थिक वर्ष ०७३/७४ मा २८ करोड २७ लाख, ०७४/७५ मा २५ करोड ७० लाख र ०७५/७६ ३५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

तीन वर्षमा लगानीकर्तालाई ५८ करोड ४० लाख लाभांश वितरण भएको थियो । ०७३/७४ मा नाफाको सात दशमलव ३६ प्रतिशतबापत १३ करोड, ०७४/७५ मा १२ दशमलव ६३ प्रतिशतबापत २३ करोड र ०७५/७६ मा १२ प्रतिशतबापत २२ करोडका दरले लाभांश वितरण गरिएको थियो ।

होटेलको सम्पत्ति–दायित्व मूल्यांकन (डिडिए) नगरी लगानीकर्तालाई रकम विदेश लैजान नदिन राष्ट्र बैंकलाई राय दिइएको तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपाने बताउँछन् ।

तारागाउँ रिजेन्सी होटेलले संस्थागत लगानीकर्तालाई रकम विदेश लैजान पछिल्लो समयमा ७ पुस ०७६ मा राष्ट्र बैंकसँग स्वीकृति माग गरेको थियो । -नयाँ पत्रिका दैनिकबाट

source : imagekhabar.com

You can share this post!