कोरोनाबाट नेपालमा थप ३ जनाको मृत्यु, ८१८ संक्रमित थपिए, उपत्यकामा थपिए १६६ संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा १६६ जनासहित नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

source : avenues khabar

You can share this post!