लागू औषधमा फस्दै दार्चुलाका युवा पुस्ता, धार्चुलाबाटै भित्रिन्छ लागू औषध

भारतसँग सीमा जोडिएको दार्चुलाका अधिकांश युवाहरुको लागू औषधको सजिलो अड्डा थियो, भारतीय बजार धार्चुला । सहज रुपमै धार्चुला बजारमा पाइने लागू औषध सेवन गरेर उनीहरु नेपाल दार्चुला फर्किन्थ्ये । नेपाल ल्याउनै परे पनि उनीहरु सानो मात्रामा बोकेरे आउथे । 
लागू औषध धार्चुलामा सहजै पाइन्छे भन्दै दुई देशीय सीमा सुरक्षा बैठकमा समेत पटक पटक एजेण्डा बन्दै गएको थियो । तर पनि भारतमा खुला रुपमा पाइने लागू औषध नियन्त्रण गर्नतर्फ भारतीय प्रशासनले चासो दिएन् । 
भारतमै खुला रुपमा विक्री वितरण गर्न पाइने लागू औषध प्रयोगकर्ताहरुको लागि सबैभन्दा समस्याको विषय बन्यो, पछिल्लो समय भएको बन्दाबन्दी । गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा नाका पूल बन्द भयो । त्यसबीचमा लागू औषध प्रयोगकर्ताले भारतबाट नदीमार्फत तारेर लागू औषध सेवन गर्न थालेको पाइयो । 
प्रहरीले बन्दाबन्दीको समयमा भारतबाट लागू औषध निर्यात गर्दै गरेका आइतबारसम्म चार जना पक्राउ गरेको छ । नेपालमा सहज रुपमा नपाइने भएपछि लागू औषध प्रयोगकर्ताहरुले भारतीय पक्षको सहारामा नदीमार्फत नेपालमा लागू औषध भित्र्याउदै गरेका चार जना युवामाथि मुद्धा दायर गरेको छ ।
प्रहरीले आइतबार बेलुकी सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रबाट ठूलो परिणामा लागू औषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका २ स्थायी घर भई हाल महाकाली नगरपालिका ४ तिंकर खेडामा बस्दै आउनुभएका ३४ वर्षीय गणेशराम भूललाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ ।
महाकाली नगरपालिकाको बंगाबगड लास्कु खोला किनार भएर आउँदै गरेका युवकसँग बोरामा शंकास्पद वस्तु रहेको आंशकामा प्रहरीले चेकजाँच गर्दा भुलबाट लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । 
भूलको साथबाट कोरेक्स २२ सिसी र स्पाश ५३ पत्ता बरामद गरिएको छ । प्रहरीले सोधपुछको क्रममा प्रहरीमाथि नै आक्रमण गरेको प्रवक्ता जोशीले बताउनुभयो । समान चेकजाँचको क्रममा प्रहरी जवान नरेन्द्र टेरमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
लागू औषधसहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उहाँमाथि मुद्धा दर्ताको तयारी भएको प्रहरीले जनाएको छ । 
लागू औषध प्रयोगकर्ता सदरमुकाम खलंगा क्षेत्रमा निकै बढेको देखिन्छ, जिल्ला प्रहरी प्रमुख डिएसपी पदम बहादुर विष्टले भन्नुभयो, शहरी उन्मुख भएको क्षेत्रमा प्रयोगकर्ता बढि छन् । यहाँ प्रयोगकर्ता बढिरहेकै कारण अहिले नदी तारेर ठूलोमात्रामा लागूऔषध भित्रिने गरेको हुन सक्ने उहाँको भनाई छ । हामीले बन्दाबन्दीको समयमा पक्राउ गरेकामध्ये अहिलेसम्म कै ठूलो परिणामा लागू औषध समातेका छौ ।
अधिकांश युवा उमेरका केटाहरु लागू औषध सेवनकर्ता भएका छन् । लागू औषध ओसार पसारमा विगतदेखि संग्लन रहेका जीवन भट्ट कञ्चनपुरमा बन्दाबन्दीकै समयमा पक्राउ परेका थिए । भने साउन १९ गते महाकाली नगरपालिका ४ कै ३५ वर्षीय राजेश निरौलालाई प्रहरीले नेपाल भारत जोड्ने झोलुंगे पूलमा लागू औषधसहित पक्राउ गरेको थियो ।

source : sarathikhabar.com

You can share this post!