बागमती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता

रौतहटको गढीमाई नगरपालिकास्थित बागमती नदीले बगाएर तीन बालिका बेपत्ता भएका छन् । 

गढीमाई–७ धर्मपुरका १० वर्षीया पिंकु कुमारी मुखिया, १२ वर्षीया सुसिता कुमारी दास र १० वर्षीया चञ्चल कुमारी मुखिया नदीले बगाएर बेपत्ता भएका हुन् । 

बागमती नदीमा नुहाउन गएका बेला उनीहरु बेपत्ता भएको ईलाका प्रहरी गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताउनुभयो । 

सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उनीहरुको खोजीकार्य भईरहेको छ । नदीमा पानीको बहाव धेरै भएकाले नुहाउने क्रममा उनीहरुलाई बगाएको हुन सक्ने प्रहरीले जनाएको छ

source :Radio kantipur

You can share this post!