तीज ०७७ को शुभकामना !!

– श्रेया गजमेर

नेपाली हिन्दु नारी हरुको महान चाड हरितालीका तीज को पनि आज ब्रत को दिन बिगतका बर्ष हरुमा भन्दा फरक तरिकाले सम्पन्न हुदै छ । बर्खा भरिको रोपाइ अनि बर्खे काम सकेर माइतीमा जाने सबै दिदि बहिनि बुवा आमा सग भेटघाट हुने र माइती तीज मा आफ्ना चेलि बेटि लिन जानु पर्ने अनि तिहार मा चेलीबेटि ले माइतिलाइ बोलाउनु पर्ने या माइति नै आएर टिका लगाइदिनु पर्ने लोभलाग्दो सस्कृती र रितिरिवाज अनि परम्परा रहि आएको छ ।आफ्ना दिदि बहिनि हरुलाइ जहा हुनुहुन्छ लिन जाने अनि माइति ल्याउने र सबैजना मिलेर बिभिन्न परिकार बनाउने खाने रमाइलो गर्ने तथा सामुहिक ब्रत बस्ने ज्युति लेख्ने नाच्ने गाउने अनि गणेश चौथि को दिन राति गाउका फलफुल हरु चोरेर बिगार गरेर उपद्रो गर्ने सस्कार र चलन गाउ घर मा रहेको छ ।

समय को परिवर्तन तथा बिकास ले गर्दा अहिले तीज मनाउने तरिका केहि फरक हुन थालेको छ । अहिले शहर बजार मा बिभिन्न समुह तथा सस्था हरुले तीज सुरु हुनु अगावै सबै महिला लाइ दर खुवाउने रमाइलो गर्ने चलन आएको छ भने आफ्ना आफन्त बोलाउने रमाइलो गर्ने तिज को महिना भरि नै हुने गर्दथ्यो । कला सस्कृती को जगेर्ना त छदैछ अहिले आएर केहि बिक्रीति हरु भने भित्रीएको भान हुन्छ चाहे तीज को गीत मा होस या त मनाउने शैली मा होस तडक भड्क बढि र परम्परा कम । बिश्व कोरोनाले तहसनहस पारेको यो अवस्थामा यो साल भने नेपाली महिला हरु को महान चाड हरितालिका तीज फरक तरिकाले मनाइएको देख्न सकिन्छ ।

टाढा माइति हुने कोहि माइति तथा आफन्त को मा जान नपाएको र यसपालि को तीज आफ्नै घर परिवार अनि नजिक हुने आफन्त तथा छिमेकि सग मनाइदै छ । यसपालीको तीज मा पहिला झै तडक भडक केहि नदेखिए पनि धेरै ले फोन बाट नै आफ्ना आफन्त लाइ तीज मा सम्झेका छन भने कति ले यो साल यस्तै भयो आगामि तीज मा रमाइलो गर्ने भन्दै मन बुझाएर बसेको पनि देखियो । समय परिस्थिति लाइ बुझेर यसपालीको हरितालिका तिज मनाउ सामाजिक दुरि कायम गरौ अवस्य अर्को तीज मा रमाइलो गरौला । जो जहा छौ त्यहि मनाउ कतै नजाउ आज को एक गल्ति ले कोरोना महामारीमा आफु र परिवार लाइ नफसाउ अहिले बाचे अर्को साल मजाले मनाउन पाइन्छ तर हेलचेक्राइ गरे भन्न सकिन्न । हरितालिका तीज २०७७ को सबै हिन्दु नारीमा अनगिन्ति शुभकामना ।

You can share this post!