कविता
– लक्ष्मण चौलागाईं बिद्रोही
नबेच नाम माओको
नबेच नाम स्टालिनको
न च्यात घोषणापत्र १८१८ को
हेलाँ नगर इतिहासलाई
गर सम्मान मार्क्स र लेलीनको
नगर लासको रजनिती ,नथुन ज्युँदा योद्धालाई
के थाहा भोलि अर्को युद्ध पो लड्नुपर्छ कि
आज पुल भाँचेर ठुल्दाजुको शरणमा गएर
नभुल ती चोट,घाउ अनि छर्आ निलेका
सहयोद्दाहरुलाई बरु गर रिहा बिना शर्त आस्थाका बन्दिहरुलाई
के थाहा ! भोलि आज भत्काइएको पुल
फेरि पनि पुनः निर्माणमा जुट्नुपर्छ कि
के थाहा भोलि अर्को क्रान्तिको लागि
वर्ग संघर्षको मैदानमा मान्छेहरु पुग्दैनन कि
भोलीको अभाव जुटाउन अहिले नै योगदान चपाउने
बेला भएको छैन
ठाउमा पुगिहालियो किन चाहियो ती पुराना
नसोच महाशय ,
निर्जिव ढुंगा पनि काम लाग्ने दिन आउन सक्छ
चोखो भात र ज्युँदो मान्छे जहिले पनि काम लाग्छ
भन्नुहुन्थ्यो मेरा स्व. बुवा
तर आज मरेका त मरेर गए बाचेका जिउँदा
सहिदहरुलाई
नमार झुठा मुद्दा आरोप लगाएर
नतड्पाउ अन्धकार खोरमा थुनेर
नपेल विलासी महलको साहुजी बनेर
के थाहा ,
मर्दै गरेको कृषीप्रधानलाई पुन: ब्युँताउन
भोलि गैरिखेतमा लाठे नपुग्न सक्छन्
कोइराले खेतमा रोपाहार अभाव हुन सक्छन्
मर्दै गरेको कृषीप्रधानको गरिमालाई जोगाउन
र मार्सी भातको स्वाद पुनः पनि चाख्न
भोलि पनि तिनै प्रसन्नहरु लाठे चाहिन्छन् कि
तिनै नम्रताहरु रोपाहार चाहिन्छन् कि
तिनै प्रभाहरु भोलिभोलि पनि चाहिन्छन कि
बनाउन देश ,खन्नलाई सडक र चिन्नलाई पर्खाल
२ करोड ९० लाख जनताको आवश्यकता भोलि
पनि पर्छ कि
महाशय,
पृथ्वी घुमिरहन्छ ,यो त केवल चक्र हो
हिजो शाह राजा थिए आज ओली राजा छन्
हिजो संवैधानिक राजतन्त्र थियो
आज संसदीय राजतन्त्र छ
के थाहा,
भोलि यो संसदीय राजतन्त्रको अन्तिम दाहसंस्कार
गर्न
फेरि पनि ओमप्रकाश,संजोग,रविन्द्रहरु
मैदानमा खाँचो पर्छ कि
क.जमीन लामाहरुले फेरि बाँचेर
मोर्चा कस्नु पर्छ कि
क. रचनाहरु फेरि फेरि पनि काम लाग्छन् कि
ब्यारेकहरु ब्रेक गर्न उमाहरु फेरि पनि आवश्यक
पर्छ कि
नभुलियोस ईतिहास
झुपडीबाट महल पुग्दा
के थाहा,
भोलि महलबाट पनि खस्नुपर्ने दिन
आउँछ कि
सोचौं महाशय,
भोलीका दिन,
नबनाउँ आजलाई यो दुर्दिन
नबनाउँ आजलाई यो दुर्दिन
ती जिउँदा जोधाहाहरुलाई
ती करोडौं जनताहरुलाई
के थाहा,
भोलि नक्कली घोषणा पत्र बोकेर
भ्रमित बनाएर फेरि पनि सत्तामा जान
फेरि फेरी पनि जनता गुहार्नुपर्छ कि
फेरिफेरी पनि जनता गुहार्नुपर्छ कि !!