नेकपा एमाले निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ‘सूर्य’

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको छ ।

आयोगको बुधबार बसेको बैठकले एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेले चुनाव चिन्ह पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ ।

‘सन्ध्या तिवारी अध्यक्ष रहने गरी दर्ताका लागि आवेदन दिएको एमालेलाई आयोगको आज बसेको बैठकले दर्ता गर्ने निर्णय गरेको छ’, काठमाण्डुपाटीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘राजपत्रमा प्रकाशित गरेपछि उहाँहरुलाई दल दर्ताको प्रमाणपत्र दिन्छौं ।’

मोरङकी तिवारीको अध्यक्षमा गत असार १२ गते दल दर्ताका लागि आयोगमा निवेदन परेको थियो ।

source : kathmandupati

You can share this post!