नेकपाका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण

भदौ ३, २०७७ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ। अछाम क्षेत्र नम्बर २ का सांसद बोगटीलाई मंगलबार कोरोना पोजेटिभ देखिएको हो। साउन ३० गते आफ्नै पिएसओसँग कोरोना परीक्षणका लागि स्वाब दिएका बोगटीको सुरुमा रिपोर्ट नेगेटिभ आएको थियो। मंगलबार प्राप्त दोस्रो रिपोर्टमा भने पोजिटिभ देखिएको बताए। उनको पिएसओको भने सुरुमै पोजिटिभ देखिएको थियो। कीर्तिपुरस्थित आइसोलेसनमा बसेका बोगटी नेकपा महासचिव विष्णु पौडेलका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि परीक्षणका लागि टेकुस्थित शहिद शुक्रराज ट्रपिकल अस्पताल पुगेका थिए। परिक्षण गर्न जानुअघि उनी नेकपाका विभिन्‍न भेलामा सहभागी भएका थिए। साउन २५ गते थापा गाउँमा आयोजित भेलामा समेत सहभागी भएको जानकारी दिए।

source : thaha khabr

You can share this post!