राष्ट्रकविको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनको सम्मानमा पशुपति आर्यघाटमा नेपाली सेना तथा शसस्त्र प्रहरीको टुकडिले सलामी अर्पण गरेको थियो । स्वर्गीय घिमिरेको पार्थिब शरीरमा दुई छोराले दागबत्ती दिएका थिए ।

घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो ।

घिमिरे केही दिनदेखि अस्वस्थ थिए । उनको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका ‘फूलको थुङ्गा बगेर गयो ‘आजै र राति के देखेँ सपना’ निकै चर्चित छन् ।

घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेखजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए । नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

source : Radlo kathmandu

You can share this post!