सिन्धुपाल्चोक पहिरो पीडितको यसरी गर्दैछ नेपाली सेनाले उद्धार

काठमाण्डु – सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ता भएकाहरुको नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ मा शुक्रबार बिहान गएको पहिरोमा परि पुरिएका ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाहरुको सहयोगमा फेला पारेको छ ।

नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलिले बाकिं हराईरहेका २७ जनाको खोजी कार्य जारी राखेको छ । आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो । उक्त स्थानमा नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री पुर्‍याएको छ ।

source : kathmandupati.com

You can share this post!