तारकेश्वरमा चक्कु प्रहार गरी तामाङको हत्या

काठमाडौँ साउन ३० । काठमाडौंको तारकेश्वर नगरपालिका मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको छ । उनलाई गंभीर घाईते अवस्थामा उपचारको लागि ग्रिनसिटी अस्पताल ल्याए पछि चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

दोर्जे तामाङ भन्ने अर्का युवाले उनीमाथि छुरा हानेका थिए । छुरा हानेर भागेका दोर्जेलाई प्रहरीले खोजी गरीरहेको जनाएको छ ।
गोरखा सुमन खाजा घरमा आपसी विवाद र झगडा हुदा दोर्जेले एक्कासी चक्कु हानेको स्थानीयले बताए ।

You can share this post!