सुदूरमा रहेको ‘स्वर्ग’ बडिमालिका (फोटोफिचर)

बाजुरा – सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको धार्मिक आस्थाको केन्द्र बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।

धार्मिक आस्थाको केन्द्र बडीमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ। त्यस दिन सबै तिर्थालुहरु बडीमालीकाको चुचुरोमा पुगिसकेका हुन्छन्।

बडिमालिका धार्मीक तथा पर्यटकीय दुबै दृष्टीबाट चर्चित गन्तव्य, ५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडिमालिका । उक्त क्षेत्रबाट बाजुरा सहित अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ ।

बर्षादका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ । वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भब्य मेला लाग्ने गरेको छ । गंगा दशहरा भन्दा साउने चुतदर्शीका दिन दर्शनार्थीहरुको घुईचो बढी हुन्छ ।

त्यो समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेका हुन्छन् । बडिमालिकामा बाजुरा र कालीकोट जिल्लाको प्रमुख हक रहने गरेको छ ।

मालिका देवीको स्वागतका लागि बाजुरा लगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पुजापाठमा आवश्यक पर्ने सामाग्री) सहितको टोली आउने गरेको छ । प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास रहेकोछ ।

सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय जति प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थलहरु, हरिया फाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्रका प्रमुख आर्कषण हुन् । बडिमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् ।

बडिमालिका दर्शनका लागि तत्कालिन राजा वीरेन्द्र, महेन्द्र लगायत पुगेको स्थानीय सुनाउंछन् । हालपनि नेपाली सेनाका कर्णेल तहको अधिकारीले पुजा गर्न गरेका छन् । बडिमालिका क्षेत्रमा हरियाली फाँटमा भेंडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ  ।

फोटो : रुपक साउंदको फेसबुक वालबाट

source :kathmandupati.com

You can share this post!