नेकपाले भाेलि सेती महाकाली बन्द गर्ने

धनगढी, आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले भोली ६ गते सेती महाकाली बन्दको आह्वान गरेको छ।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै ब्यूरोले सार्वजनिक गरेको संघर्ष कार्यक्रम अन्तरगत भोली बन्दको आह्वान गरिएको हो।

विप्लव समूहले साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने, ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने बिहिबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएको थियो।  

गत बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो। उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो।

You can share this post!