नेकपाका सुदूरपश्चिम इन्चार्ज पुन कैलालीबाट गिरफ्तार

धनगढी । नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज ओमप्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य समेत रहेका पुनलाई बुधबार विहान कैलालीको फुलबारीबाट पक्राउ गरेको हो । पुनसँगै उनकी श्रीमति तथा नेकपाकी नेतृ पूर्णामा धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

नेकपा स्रोतका अनुसार पुनलाई सेल्टरमा सुतिरहेको अवस्थामा घर घेरा हालेर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भने यसबारे औपचारिक रुपमा जानकारी दिएको छैन । तर, प्रहरी स्रोतले दिएको जानकारीअनुसार केही दिनदेखि पछि गर्दै क्रममा फुलबारी पुगेको जानकारी पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । नेता पुनले लकडाउनको बेला भएको भ्रष्टाचार, ब्याज असुल गर्ने वित्तिय संस्थालाई चेतावनी दिएर विज्ञप्ति निकालेपछि प्रहरीले विशेष अभियान नै चलाएको थियो ।

त्यस्तै त्यसअघि एमसीसीको पक्षमा नलाग्ने भन्दै सांसदहरुलाई आग्रह गरिएको थियो । एमसीसी खारेजीको माग गर्दै पार्टी केन्द्रले संचालन गरेका कार्यक्रम अन्तरगत इन्चार्ज पुनले सुदूरपश्चिममा कार्यान्वयन गर्ने क्रममा सांसदहरुलाई पत्राचार गर्न जिल्लाहरुलाई निर्देशन दिएका थिए । यसैबीच प्रहरीले मंगलबार मोरङको उर्लाबारीबाट नेकपाका नेता नन्दबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको थियो । बोहरालाई बम विस्फोट मुद्दा लगाउने तयारी गरेको छ ।

You can share this post!