अखिल (क्रान्तिकारी) जाजरकोटले बुझायो चार बुदे ज्ञापनपत्र

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोटले विभिन्न चुनौतीको बिचमा पनि जिल्ला शिक्षा समन्वय इकाई कार्यलय जाजरकोटमा चार बुदे माग पत्र बुझाएको छ । यतिबेला विश्व कोराना भाईरससँग लडिरहेका बेला निजि तथा सरकारी विद्यालरुले विभिन्न बहानामा बन्दाबन्दिको समयमा विद्यार्थी तथा अभिभावकहरुसँग चर्को शुल्क असुलि गरेको हुँदा यसलाई तत्काल बन्द गर्न अपिल सहित ज्ञापनपत्र बुझाएको हो । हामी विद्यालयलाई कुनै पनि हालतम बिग्रन दिँदैनौं ।

विद्यालय धमिलो भएको हामी हाम्रो हेर्ने चाहाना होईना । ज्ञापन पत्र बुझाउँदै अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोटका जिल्ला अध्यक्ष क. बिराजन शाही भन्नुहुन्छ भर्ना शुल्क, पाठ्यक्रम शुल्क भनेर विभिन्न बहनामा शुल्क असुली नगर्न विभिन्न विद्यालयहरुलाई अपिल गर्दछौँ । विद्यार्थी र अभिभावक बिच प्रत्येक्ष रुपले जोडिएका माथी उल्लेखित मागहरुको तत्काल सम्बोधन गर्न अपिल गर्दछौं । यदि यी अपिल गरिएका मागहरुलाई सम्बोधन नगरिएको खण्डमा हामी कडा भन्दा कडा आन्दोलनमा जानेछौँ । हामिले गरेका आन्दोलनबाट उत्पन्ना हुने समस्याहरु स्वयंम सम्बन्धित निकायहरु जिम्मेवार हुनेछन । नेपालको शैक्षिक अबस्थाको हकमा भन्ने हो भने ब्यबहारिक शिक्षा लागु गर्न धेरै पटक आन्दोलन संघर्षहरु भए तर त्यसको उपलब्धि केही निश्चिति दलालहरुका लागि भयो अब साच्चिकै सम्पुर्ण नेपाली जनताका छोराछोरीहरुको ब्यबहारिक शिक्षा लागू गर्न एकीकृत जनक्रान्ती मार्फतमात्र सम्भब छ त्यसैले सम्पुर्ण राष्ट्रबादी (क्रान्तिकारी) विद्यार्थीहरु एकजुट हुनेबेला आएको छ । ज्ञापनपत्रमा एस्तो लेखिएको छ ।

श्री कार्यलय प्रमुख ज्यु ।

जिल्ला शिक्षा बिकास समुन्वय इकाई कार्यलय जाजरकोट । बिषय ; ज्ञापन पत्र हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शैक्षिक क्षेत्रमा देखिएका विकृति बिसगंति र त्यसको सावधानका निमित्त संघर्ष र पहल कदम लिने र साथै राष्ट्रियताको पक्षमा वकालत गर्दै बैज्ञानिक समाजवादि शिक्षा प्राप्तिका निम्ति निरन्तरता संघर्षरत रहेको कुरा सम्पूर्णमा जगजाहेर नै छ।बिश्वमहामारी को रुपमा फैलिएको कोराना भाईरस अर्थात (कोभिड – १९) लाई नियन्त्रण गर्नका लागि करिब चार महिना देखि बन्दाबन्दी भएका कारण शैक्षिक संस्था बन्द रहेका छन । करिब 90 लाख विद्यार्थीहरुको पठनपाठन पुर्ण रुपमा रोकिएको छ । विद्यार्थी र अभिभावक आफ्नो सन्तानको भबिस्यपर्ती चिन्तित भैरहेका छन भने अर्कोतिर रोजगार गुमेका कारण अभिभावक हरु साँझबिहान छाकटार्न सकिरहेका छैनन् । वर्तमान फाँसिवादि दलाल सरकार माफिया र भ्रष्टाचारीलाई बचाउन अथक प्रयास गरिएको छ । जनताको समस्या बारे सरकार मुखदर्सक बनिरहेको छ ।

यस्तो बिसमपरिस्थितिमा निजि शैक्षिक संस्थाको छाता संगठन प्याप्सन र अनप्याप्सनले बन्दाबन्दिरहेको अवस्थामा पनि अभिभावक सँग पुरानो रकम असुली गर्ने र नयाँ भर्ना लिने र पैसा असुली गर्ने कार्य प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ छ । र हाम्रो संगठन उक्त कार्य तत्काल फिर्ता गर्न जोडदार माग गर्दछ । यसका साथै विद्यार्थी र अभिभावकहरुलाई बन्दाबन्दिको अबधिमा यस्ता शुल्क असुली गर्ने कार्य बन्द गर्न अपिल गर्दछौं । हाम्रो संगठन अखिल ( क्रान्तिकारी ) जिल्ला संगठन समिती जाजरकोटले निजि तथा सरकारी शैक्षिक संस्थाहरुलाई पटक-पटक बन्दाबन्दिको अवस्थामा शुल्क असुली गर्ने भर्ना शुल्क लिने पाठ्यपुस्तक परिवर्तन गर्ने विभिन्न बहानामा अभिभावक सँग महंगो शुल्क असुली गर्ने कार्यहरु तत्काल बन्द गर्न हाम्रो संगठनले गम्भीर आपत्ती सहित घोर भत्सर्ना गर्दछ ।

यश अर्थमा तपशिलका मागहरु पूरा गर्नका लागि जिल्ला शिक्षा बिकास समन्वय ईकाईको कार्यलय जाजरकोट समक्ष यो मागपत्र पेश गर्दछौं । मामागहरु १) जिल्ला भित्र रहेका निजि शैक्षिक संस्थाहरुले बन्दाबन्दिको अवस्थामा शुल्क असुली गर्ने कार्य तत्काल बन्द गरियोस । २) covid-19 का कारण लकडाउनको समयमा विद्यार्थीहरुको भबिस्य संग जोडिएका शैक्षिक गुणस्तर बढाउन शैक्षिक क्षति कम गर्न टोल शिक्षा ब्यबस्थापनका लागि सम्बन्धित निकायले विशेष पहल गरियोस । ३) जिल्ला भरिका सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री तत्काल उपलब्ध गराईयोस । ४) बिश्व महामारिका रुपमा फैलिएको कोरोना भाईरसका कारण छिमेकी मुलुक भारत र अन्य मुलुकहरुबाट आएका मानिसहरुलाई सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइनको ब्यवस्था गरिएको छ । यो कार्य तत्काल बन्द गरि अन्य स्थानहरुमा क्वारेन्टाइनको ब्यबस्था गरगरियोस । क्रान्तिकारी अभिवादन सहित

You can share this post!