राजधानीमा सार्वजनिक सवारीको चहलपहल: धेरै ट्याक्सी र ट्याम्पु, फाट्टफुट्ट बस पनि

काठमाडौं- सरकारले सामाजिक दुरी कायम गरी छोटो दुरीका सार्वजनिक सवारी साधन चलाउने निर्णय गरेसँगै उपत्यकामा यात्रुबाहक सवारी साधनको चहलपहल सुरु भएको छ।

सडकमा ट्याम्पुहरुको संख्या सामान्य अवस्थाझैँ देखिएको छ। बसहरु फाट्टफुट्ट देखिएका छन्। निलो रङका माइक्रो पनि ठाउँ ठाउँमा चलेका छन् तर सेतो रङका माइक्रोहरु भने पनि सञ्चालन भएको देखिदैन।

भाडाका कारहरु पनि लगभग सामान्य अवस्थामा झैँ सञ्चालन भएको पाइएको छ। तर प्रयोगकर्ता यात्रुहरुको संख्या भने कम देखिएको छ।

सरकारले उपत्यकाको हकमा तीन जिल्लाभित्र र मोफसलको हकमा जिल्लाभित्र चलाउन मिल्ने गरी यात्रुबहाक सवारी साधन सञ्चालन खुला गरेको थियो।

लकडाउनको अवधिमा यात्रुबहाक सवारी साधनले सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत भाडा बढाएर लिन सक्ने सरकारको निर्णय छ।

तर नेपाल यातायात व्यवशायी महासंघले भने यहि अवस्थामा सवारी साधन सन्चालन गर्ने अवस्था नरहेको भन्दै सरकारसँग विभिन्न माग राखेको छ।

सहुलियतपुर्ण पुर्नकर्जा, बैंकको ब्याजदार घटाउनु पर्ने र किस्ताको अवधि बढाउनुपर्ने, यातायात मजदुरको स्वास्थ्य विमा सरकारले गर्नुपर्नेलगायत महासंघका मागहरु छन्।

Source: deshsanchar.com ( included all pictures)

You can share this post!