सिन्धुपाल्चोकमा सभामुखको निर्वाचन क्षेत्र जम्बु बजार बाढीले बगायो, १८ जना बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकमा बाढीसहित आएको पहिरोले १८ जना बेपत्ता भएका छन् । बुधबार राती आएको बाढीले जम्बु बजार बगाएको छ । घटनास्थमा दुई जनाको शव फेला परेको छ ।

सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा भारी वर्षासँगै गएराती ११ बजे आएको बाढीले बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार बगाएको हो ।

घटनास्थलमा सभामुख अग्नि प्रसाद सापकोटासहितको टोली जाने तयारी गरेको छ । नेपाली सेनाको हेलिकोप्टरमापर्फत जाने तयारी गरिएको हो । सभामुख सापकोटाको सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

source : kathmandupati

You can share this post!