एकल अध्यक्ष हुने भए महाधिवेशन र प्रधानमन्त्री हुने भए चुनाव कुर्न प्रधानमन्त्रीको प्रचण्डलाई जवाफ

काठमाडौं– नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको एकल अध्यक्ष र प्रधानमन्त्री वन्ने भए अझै कुर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । दुवै अध्यक्षवीच तीन दिन देखी एक्ला एक्लै वार्ता जारी छ । बुधवार भएको वार्तामा दुवै अध्यक्षबीच फेरी बिवाद बढेको स्रोतको दावी छ । सत्तारुढद दल नेकपामा पछिल्लो समय चर्को विवाद छ । विवाद समाधानका लागी दुवै नेताबीच छलफल जारी भएपनि कुनै सहमति भने बन्न सकेको छैन् ।

छलफल निष्कर्षमा पु¥याउने उद्देश्यले बुधबार डाकिएको स्थायी कमिटी बैठक चौथोपटक शुक्रबारसम्म स्थगित गरिएको थियो । बुधवार छलफलमा अर्को बैठकको टुंगो नलगाई नेताहरुबीच बैठक सक्किएको थियो ।

प्रधानमन्त्री ओली मंगलवारको बैठकमा पार्टीमा देखिएको विवाद समाधान गरेर अघि बढ्न सकरात्मक देखिएका थिए । उनले पार्टी एकता जोगाउन आफु लचिलो हुने भन्दै विभिन्न विकल्पमा छलफल गरेर जाने प्रस्ताव दाहाललाई गरेका थिए । तर, बुधवारको वैठकमा मंसिर ४ को सहमतिअनुसार नै अघि बढ्ने बाहेक अरु विकल्पमा छलफल गर्न प्रधानमन्त्री सकरात्मक नदेखिएको स्रोतको दावी छ ।

नेकपाका अध्यक्ष प्रचण्डले बुधबारको छलफलमा एकता जोगाउनका लागि सहमति अपरिहार्य भएको भन्दै दुईमध्ये कुनै एउटा पद त्याग गरेर निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । प्रचण्डको उक्त प्रस्तावलाई प्रधानमन्त्रीले ठाडै अस्विकार गरेका छन् ।

उनले एक्लै अध्यक्ष बन्नका लागि एकता महाधिवेशन र प्रधानमन्त्री बन्ने हो भने जनादेशका लागि अर्को चुनावसम्म कुर्नुपर्ने बताएका थिए । उनले अर्को पटक आफु दुवै पदमा नआउने भन्दै प्रचण्डको प्रस्ताव अस्विकार गरेका छन् ।

प्रचण्डले पछिल्लो समय प्रधानमन्त्रीका पक्षमा भइरहेको आन्दोलन रोक्न आग्रह गरेपनि त्यो स्वस्फुर्त रुपमा भएकाले आफुले नरोक्ने जवाफ प्रधानमन्त्रीले दिएका थिए ।

source : kathmandupati.com

You can share this post!