प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई एक्कासी बालुवाटार बोलाए

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका केही सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । स्थायी समितिको मंगलवारको बैठकमा सचिवालयका सदस्यहरुले प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदवाट राजीनामा दिनुपर्ने माग राखेपछि प्रधानमन्त्री ओली अफ्ठेरोमा परेका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल,वामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीमा अहम र दम्भ बढेको र पार्टीका नेताहरुलाई नै आरोपित गर्ने काम भएको भन्दै पदवाट राजीनामा दिन माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले मंगलवार नै दुई पटक राष्ट्रपति विद्यादेवी भण्डारीसंग दुई पटक भेटवार्ता गरेका थिए । पार्टीभित्र चर्को आलोचना बढेसंगै प्रधानमन्त्री ओलीले गम्भीर कदम चाल्ने संकेत गरेका छन् । मन्त्रिहरुलाई मंगलवार सांझ नै बुधवार विहान सात बजेका लागी बालुवाटार बोलाएका छन् ।

पुर्व माओवादी र पुर्व एमालेका केही मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी गरेको चर्चासंगै प्रधानमन्त्रीले निकटस्थत मन्त्रीहरुसंग परामर्श गर्न लागेको स्रोतको दावी छ ।

source : kathmandupati

You can share this post!